स्थायी भई पदस्थापनका लागि आएका शिक्षकहरुलाई रामपुर नगरपालिकाद्वारा स्वागत

पाल्पा , रामपुर नगरपालिकाले पदस्थापन भएर आएका शिक्षकहरुलाई बुधबार स्वागत सहित शुभकामना प्रदान कार्यक्रम गरेकाे छ । शिक्षा सेवा आयाेगकाे परीक्षा मार्फत स्थायी भई शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको सिफारिसमा नगरपालिकामा सेवाका लागि आएका शिक्षकहरुलाई एक कार्यक्रमका वीच स्वागत तथा शुभकामना प्रदान गरिएको हाे ।

 

विभिन्न विद्यालयमा सेवाका लागि सिफारिस भई आएका शिक्षकहरुलाई स्वागत गर्दै रामपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले हरेक विद्यालयकाे शैक्षिक गुणस्तरमा परिवर्तन र सुधार गर्ने गरि अध्यापन गराउन आग्रह गर्नु भएकाे छ । शैक्षिक सेवाका लागि नगरपालिकाकाे जुनसुकै विद्यालयमा परे पनि उपलब्ध स्राेत साधनकाे उचित प्रयाेग गरि नगरकाे शैक्षिक उन्नयनमा लाग्नु पर्ने बताउनु भएकाे छ । कार्यक्रममा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पाेखरेलले शिक्षककाे उपस्थिति भन्दा पनि विद्यार्थीकाे सिकाई उपलब्धि महत्त्वपूर्ण हुने भन्दै प्रभावकारी शिक्षणमा ध्यान दिन आवश्यक रहेकाे बताउनुभयो । कार्यक्रममा आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गाैतमले स्थायी नियुक्ति संगै विद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि हुने गरि शिक्षण गर्न आग्रह गर्दै बधाई सहित सफलताको शुभकामना दिनुभयो ।

 

रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पाेखरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रम कार्यबहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।रामपुर नगरपालिकाकाे सभाहलमा भएकाे स्वागत तथा शुभकामना प्रदान कार्यक्रम  शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे संचालन याेजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएकाे थियोे । रामपुर नगरपालिकामा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको सिफारिसमा प्रावि तहका ९ जना शिक्षक शिक्षणका लागि आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?