पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिले अन्तरक्रिया सहित मजदुर दिवस मनायाे


पाल्पा , पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति रामपुर पाल्पाले अन्तरक्रिया सहित एक कार्यक्रमकाे आयोजना गरि बुधबार १३५ अैाँ मजदुर दिवस मनाएकाे छ ।

अन्तरक्रिया कार्यक्रममा बाेल्दै रामपुर नगरपालिका वडनरा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पाेखरेलले नगरकाे भाैतिक संरचना निर्माणमा मजदुरकाे महत्त्वपूर्ण भूमिका हुने भन्दै सुरक्षित रामपुर निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले घर तथा भवन निर्माण गर्दा नगरपालिकाले अबलम्बन गरेकमे नीति अनुसार मापदण्ड पूरा गरेर मात्र गर्नु पर्नेमा जाेड दिनुभयो । वडा अध्यक्ष पाेखरेलले मजदुरकाे हितका लागि नगरपालिका प्रतिबद्ध रहेकाे भन्दै मजदुर व्यवस्थापन समितिलाई  सबै मजदुरलाई समेट्ने गरि काम गर्न आग्रह गर्नुभएकाे छ । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीले  मजदुरकाे विषयलाई स्थानीय सरकारले पर्याप्त प्राथमिकता दिनु पर्ने बताउनुभयो । पछिल्लो केही समय यता घर निर्मागकाे काम कम भएकाे भन्दै यसबाट मजदुरहरु मारमा परेकाे उल्लेख गर्नुभयो ।

यस्तै पूर्वि पाल्पा मजदुर व्यवस्थापन समिति निर्माण उपसमितिका संयाेजक यम बहादुर सुनारले मजदुरकाे श्रमले अहिलेकाे संसारकाे भाैतिक पूर्वाधार निर्माण भए पनि श्रमिकलाई हेर्ने दृष्टिकोण फरक हुनु दुखद रहेकाे बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्की मगरले हरेक श्रमिकले हरेक श्रमकाे सम्मान गर्न सके मात्र वास्तविक मजदुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने बताउनुभयो । यस्तै पत्रकार रमा भण्डारीले मजदुरकाे हक अधिकारका लागि सबै मजदुर विचकाे एकता अपरिहार्य रहेकाे बताउनसभयाे ।

पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीकाे अध्यक्षतामा भएकाे कार्यक्रम रामपुर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष दुर्गा प्रसाद पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिकाे कार्यालय रामपुर वेझाँडमा भएकाे कार्यक्रम निर्माण उपसमिति संयाेजक यम बहादुर सुनारकाे स्वागत, उपाध्यक्ष सुमन खाम्चाले धन्यवाद  ज्ञापन र  महासचिव जायश्वर पाण्डेकाे संचालनमा सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?