एसईईमा पाल्पा बाट दुई विद्यार्थीले चार जीपीए ल्याउन सफल

पाल्पा, गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा पाल्पाका दुई विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका छन् । दुई सामुदायिक विद्यालयहरु दरैठाँटी माध्यमिक विद्यालय रामपुर र जनता माध्यमिक विद्यालय तानसेनका एक/एक जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले विहिबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा दरैठाँटी मा.वि.रामपुर बाट सहभागी पूर्णिमा लक्ष्मी कुँवर र जनता मा.वि., तानसेन बाट सहभागी उत्सव ढुङ्गानाले चार जीपीए ल्याएर उत्तीर्ण हुन सफल भएको शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

परीक्षामा पाल्पाबाट चार हजार १८२ जना सहभागी भएको मध्ये एक हजार ११७ जनाले एसईई पुरा गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । एसईई पुरा गरेका विद्यार्थी मध्ये १०५ जनाले ३.६० जीपीए देखि चार जिपिए सम्म ल्याउन सफल भएका छन् । त्यस्तै २८२ जनाले ३.२१ देखि ३.६० जीपीए, ४३७ जनाले २.८१ देखि ३.२० जीपीए, २८१ जनाले २.४१ देखि २.८० जीपीए र १२ जनाले २.०० देखि २.४० जीपीए ल्याएको छ ।

दुई हजार ६१० जना ननग्रेड रहेको इकाई प्रमुख सुवेदीले बताउनुभयो । यस वर्ष सहभागी विद्यार्थी मध्ये एसईई पुरा गर्ने २७.८५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?