अन्धकारमुक्ति साकोसक‍ो २६ औं वार्षिक साधारण सभा शुभारम्भ

मंसिर १४ ।
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पको २६ औं वार्षिक साधारण सभा शुभारम्भ भएको छ । २०५५ सालमा स्थापना भएको सहकारीले शुक्रबार संस्थाको केन्द्रिय कार्यालयमा कार्यक्रम गरी वार्षिक साधारण सभा शुभारम्भ गरेको हो ।

११ हजार भन्दा बढी शेयर सदस्य सहित लुम्बिनी प्रदेश मै उत्कृष्ट सहकारीको रुपमा परिचित सहकारीले संस्थाका सल्लाहाकार, सञ्चालक समिति, उपसमितिका पदाधिकारी र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम गरि चरणवद्ध रुपमा हुने साधारण सभाको शुभारम्भ गरेको हो । यस पश्चात सहकारीले सेवा केन्द्र अनुसार साधारण सभा गरेर वार्षिक प्रगति समिक्षा गरी सुझाव संकलन सहित छनौट भई आएका प्रतिनिधिहरुको उपस्थितिमा निर्णय पारित गरिने जनाएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता र कार्यक्रम रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको शुभारम्भ गर्दै प्रमुख अतिथी तिवारीले अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले रामपुरमा मात्रै नभै प्रदेश मै छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । अन्धकार साकोस विधि र ऐन अनुसार वित्तिय अनुशासन पालना गर्दै अघि बढेकाे संस्था भएकाले ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो । सहकारीले साना व्यवसायीहरुलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।

संस्थापक अध्यक्ष मोहन प्रसाद भट्टराईले विगतका असल अभ्यासलाई निरन्तरता दिदै नयाँ कामको थालनी गर्ने योजनाका साथ अघि बढ्न आग्रह गर्नुभयो ।सल्लाहाकार सुकदेव पोखरेलले सबैको साथ र सहयोगले जिल्ला कै ठूलो सहकारीको रुपमा स्थापित हुँदा खुशी लागेको बताउनुभयो । उहाँले लाभांश वितरण धेरै गर्नु भन्दा कसरी शेयर सदस्यको हित हुन्छ सोही अनुसार अघि बढ्न सुझाव दिनुभयो ।लेखा सुपरिबेक्षण समितिका संयोजक बिष्णु प्रसाद लम्सालले सहकारी विधि र पद्धतिको पूर्ण पालना गर्दै अघि बढेकाले सफलता हात पार्दै आएको बताउनुभयो ।

संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले संस्थाको शेयर सदस्य वृद्धि हुँदै गएकाले सबैको राय लिन र समेट्न सेवा केन्द्र अनुसार पछिल्लो समय साधारण सभा गर्दै आएको बताउनुभयो । उहाँले सम्पूर्ण शेयर सदस्यहरुलाई साधारण सभामा सहभागी भएर संस्थालाई अघि बढाउन रचनात्मक सुझाव दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले सहकारीको वित्तिय अवस्था, भावि योजना सहित साधारण सभाको मुख्य प्रस्तावहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँको अनुसार गत अर्थिक वर्षमा सहकारीले ४ करोड ७० लाख २३ हजार ७१६ खुद नाफा गर्न सफल भएको बताउनुभयो । सहकारीले यस वर्ष जिल्लाको वित्तिय संस्थाहरु मध्य सबै भन्दा बढी  राजस्व भुक्तानी गर्ने संस्थाको रुपमा पुरस्कृत भएको थियो ।

खेतको आली बाट सुरु भएक‍ो सहकारीमा हाल पाल्पा जिल्ला भित्रका ११ हजार १४ शेयर सदस्य आवद्ध रहेका छन् । साथै कुल पुँजी १ अर्ब ५७ करोड ८३ लाख ८९ हजार ६६  पुगेको छ । कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिव ओमप्रकाश बस्यालको सञ्चालनमा भएको हो ।

सहकारीले वार्षिक साधारण सभा ताहुँ सेवाकेन्द्रको सदस्यहरुको लागि रम्भा मावि रम्भा गाउँपालिका-५ ताहुँ बजार, जब्गादी सेवा केन्द्रमा आवद्भ सदस्यहरुको लागि भानुभक्त मावि रामपुर ९, निस्दी गाउँपालिका भित्रका सदस्यहरुको लागि जनता मावि निस्दी-५ गल्धा र रामटार सेवा केन्द्रको लागि जनकल्याण मावि रामपुर-१० मा शनिबार साधारण सभा गर्दैछ । सहयोगी सेवा केन्द्र र केन्द्रीय कार्यालयमा आवद्ध सदस्यहरुको लागि मंसिर १८ गते शहीद बहुमुखी क्याम्पस किसानबारीमा साधारण सभा हुनेछ ।

निर्णय प्रमाणित सहितको साधारण सभा आगामी मंसिर २१ गते संस्थाको कार्यालयमा हुने संस्थाका सचिव ओम प्रकाश बस्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?