शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुर सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न



मंसिर २१ ।
पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार औपचारिक कार्यक्रम गरी साधरण सभा गरेको हो ।



संस्थाका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा भएको साधारण सभाको संस्थाका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश सभाका अर्थ,  उद्योग तथा पर्यटन विकास समिति सभापति राजुप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभाको उट्घाटन गर्नुहुँदै सभापति श्रेष्ठले केही व्यक्तिहरुले सहकारीको गलत प्रयोग गर्दा राष्ट्रिय रुपमा सहकारी बदनाम भैरहे पनि पाल्पाका सहकारीहरुमा समस्या नभएको बताउनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा रवि लामिछानेलाई मात्र सहकारीको विषयमा पक्राउ गरेको जस्तो प्रचार भए पनि गलत कार्य गर्ने सबै दलका नेताहरु पक्राउ परेको स्पष्ट पार्नुभयो ।

उहाँले देशैभर २९ हजार बढी सहकारीको संख्या रहेको भन्दै यसको व्ययवस्थापन र नियमनमा सरकारले कडाई गरिरहेको बताउनुभयो । साथै उहाँले लुम्बिनी प्रदेशमा रहेका सहकारीहरुलाई मर्ज तथा एकिकरण गर्नका लागि नीतिगत व्यवस्था गरेर अघि बढ्ने प्रयास गरिरहेको जानकारी दिनुभयो । साथै उहाँले सहकारी मर्ज गरेर थप बलियो र प्रविधि मैत्री बनाउनु आवश्यक रहेको बताउनुभयो । सरकारले सन २०३० भित्र नोट रहित कारोबार गर्ने नीति लिएको भन्दै सोही अनुसार अघि बढ्नु अबको आवश्यकता रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले आफ्नो लगानी भएको सहकारीको निगरानी गर्नु शेयर सदस्यको कर्तव्य रहेको बताउनुभयो । रामपुर नगरले आफ्नो मातहतमा रहेका सहकारीहरुलाई नियमन गर्दै आएको बताउँदै ऋण प्रवाहमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले साना व्यवसायीहरुलाई प्रवद्र्धन गर्न व्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको बताउँनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईले रामपुर सहकारी नगरकै भरोसाको सहकारी रहेको बताउनुभयो । उहाँले ऋण प्रवाह पश्चात अनुगमनको खाँचो रहेको बताउनुभयो ।  नेकपा एमाले जिल्ला कमिटी सदस्य विष्णु प्रसाद रेग्मील सहकारीलाई बैंकको रुपमा नभै सहकारीकै रुपमा  यवस्थित गरेर अघि बढ्न आग्रह गर्नुभयो ।  नेकपा एकीकृत समाजवादी रामपुर नगर कमिटीका अध्यक्ष फणेश्वर गौतमले निम्न स्तरका जनताको पूँजीको ग्यारेण्टी सरकारले गर्नु पर्ने बताउनुभयो । उहाँले सहकारीलाई एकीकरण गरेर अब बैंकको अवधारणा अनुसार अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटीका अध्यक्ष राम प्रसाद गैरेले जुन उद्देश्यका साथ संस्था स्थापना भएको हो सोही अनुसार अघि बढ्न अनुरोध गर्नुभयो । जिल्ला सहकारी संघ पाल्पाका सदस्य ईश्वरी खनालले संस्थाको नीति र नियम अनुसार बढेमा समस्या नआउने बताउनुभयो । जिल्लाका सहकारीहरु सुरक्षित रहेको भन्दै सदस्य केन्द्रित भएर अघि बढ्न आग्रह गर्नुभयो ।  रामपुर नगरपालिका–५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले नगरको शहरीकरणमा सहकारीको ठूलो भुमिका रहेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका सचिव विनोद श्रेष्ठले सहकारीले बचत गर्न सिकाएको बताउँदै अझ प्रगति गर्दै जान शुभकामना दिनुभयो ।

संस्थाका पूर्व उपाध्यक्ष एवं सल्लाहाकार नागिलाल पौडेलले सहकारीले वित्तिय सेवा प्रवाहमा सहकारीले अतुलनिय योगदान दिएको बताउनुभयो । ग्लोबल आईएमई बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले काठमाडौं केन्द्रित नीतिलाई अब गाउँ केन्द्रित गर्नु आवश्यक रहेको बताउनुभयो । शहीद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्लेले सहकारीले आर्थिक मन्दीका विच पनि सहकारीले प्रगति गर्न सफल भएको बताउनुभयो । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम शिक्षा क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो ।

अन्धकारमुक्ति बचत तथा ऋण सहकारीका अध्यक्ष संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सहकारी वित्तिय अवस्था मजबुत रहेको भन्दै ढुक्क भएर कारोबार गर्न सेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो ।सेयर सदस्य रामचन्द्र अर्याल र विन्दु पोखरेलले सेयर सदस्यहरुको तर्फ बाट शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी संस्थाको वार्षिक गतिविधि सार्वजनिक गर्दै आगामी वर्षका भावी योजनाहरू प्रस्तुत गर्नु भएको थियो। उहाँले सहकारीले समय अनुसार नयाँ प्रविधि मार्फत सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा असल बालवचत कर्ता, नियमित वचतकर्ता, असल ऋणिलाई सम्मान गरिएको छ । कार्यक्रममा भाग्यशाली कुपनबाट सेयर सदस्यलाई उपहार प्रदान गरिएको छ । संस्थाका उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सदस्य हजिल मियाले धन्यवाद दिनु भएको थियो । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रमको सञ्चालन सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा रामपुर अंग्रेजी आवासिय माविका विद्यार्थीले आफ्ना सांस्कृतिक प्रस्तुति राखेका थिए ।

२०५५ सालमा स्थापना भएको चन्द्रज्योति बचत तथा ऋण सहकारी र २०५७ सालमा स्थापना भएको रामपुर बचत तथा ऋण सहकारी विच एकीकरण भएर २०६५ मा बनेको सहकारीमा हाल ४ हजार ३४९ शेयर सदस्य र एक हजार ८६ जना बाल बचत कर्ता रहेको छ । साथै शेयर पुँजी ५ करोड ७१ लाख ७ हजार र कुल पुँजी ६५ करोड ६३ लाख  ४२ हजार ९५२ रुपियाँ पुगेको छ । झोला बाट सुरु भएको सहकारीले अहिले आफ्नै सुविधा सम्पन्न भवन बाट सेवा प्रवाह गर्दै आएको छ । सहकारीले गत आर्थिक वर्षमा एक करोड ३१ लाख १८ हजार ३४९ खुद नाफा  गर्न सफल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend