
फागुन १२ ।
पाल्पा, रामपुर नगरपालिका–६, तातोपानी धाममा लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगर गौशालाको छैठौं वार्षिक उत्सवको अवसरमा लोक भजनको मौलिकपन जोगाउने उद्देश्यले सोमबार प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा राधाकृष्ण भजन समूह चापाकोट ६ केलादी स्याङ्जा प्रथम, एकादशी भजन कीर्तन समूह रामपुर ८ सेरा द्वितीय, राधाकृष्ण दामोदर भजन समूह रामपुर ६ विजयपुर तृतीय र गौशाला चोक एकादशी भजन कृतन समूह रामपुर ६ गौशाला सान्त्वना भएको निर्णायक मण्डलका संयोजक नारायण गौतमले जानकारी दिनुभयो ।
रामपुर नगर गौशाला समितिको आयोजनामा भएको प्रतियोगिताका पाल्पा र स्याङ्जाका जेष्ठ नागरिक, महिला तथा बालबालिका सहितको आठ समूहले सहभागीता जनाएका थिए । प्रतियोगितामा विजयी समूह मध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमश नगद १२ हजार, सात हजार, पाँच हजार र तीन हजार पाँच सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा सहभागी जनाएको साना साना बालबालिकाहरुको समुह नन्दबाला भजन कृतन समूहलाई प्रोत्सहानका लागि आयोजकले सम्मान गरेको थियो ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सभाका उपसभामुख मेनुका खाँड के.सी.ले उट्घाटन गर्नु भएको थियो । परम्परा देखि चल्दै आएको लोक भजनको महत्व बारे जानकारी दिई मौलिकपन जोगाउन प्रतियोगिता सञ्चालन गरिएको नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता समुहलाई समितिका अध्यक्ष न्यौपाने सहित, सल्लाहाकार, पदाधिकारी पुरस्कार सौजन्य दाताहरुले हस्तान्तरण गर्नु भएको थियो ।
प्रतियोगिताको प्रथम पुरस्कार किसान एग्रोभेट किसानबारीका प्रोप्राईटर सूर्य प्रसाद भट्टराई, द्धितीय पुरस्कार रोटरी क्लव अफ रामपुरका अध्यक्ष एवं प्रतिमा प्रतिक इन्टरप्राईजेजका प्रोप्राईटर कृतिनाथ श्रेष्ठ, तृतीय पुरस्कार सामुदायिक रेडियो रामपुरका अध्यक्ष राजेन्द्र लम्साल र सान्त्वना पुरस्कार तालपोखरा संरक्षण समितिले प्रयोजन गरेको थियो ।

© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend