शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुरमा दैनिक काम गर्ने श्रमिकहरुलाई कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम प्रदान





पाल्पा,   रामपुर नगरपालिकाले दैनिक काम गर्ने श्रमिकहरुलाई कार्यस्थलमा आधारित तथा जीवन उपयोगी सीप विकास तालिम प्रदान गरेको छ ।नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत श्रमिकहरुलाई ज्ञानसीप सम्बन्धी तालिम प्रदान गरेको हो ।

तालिममा सहभागिलाई प्रमाण पत्र प्रदान गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरपालिकाले विगतका वर्षमा भन्दा यस वर्ष परिमार्जित गरेर सञ्चालन गरेको बताउनुभयो । उहाँले विगतमा वेरोजगार सुचिकृत सबैलाई रोजगारी प्रदान गरे पनि यस वर्ष आवश्यकता जसलाई छ सोही व्यक्तिलाई अवसर प्रदान गरेर देखिने काम गरेको उल्लेख गर्नुभयो । उहाँले नगर र वडाले पनि केही बजेट विनियोजन गरेर आवश्यक स्थानमा देखिने काम गरेको बताउनुभयो । साथै उहाँले तालिमको अवधिभर सिकेका सिपलाई दैनिक जिवनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले तालिममा सिकेका ज्ञानसिपको प्रयोग गरि स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले ज्ञानसिपको उच्चतम प्रयोग गरि स्वरोजगार बन्न सके आम्दानीको स्रोत बढाएर जीवनलाई परिवर्तन गर्न सकिने बताउनुभयो ।तालिम पश्चात प्रप्त सिप र प्रमाण पत्रले विभिन्न क्षेत्रमा सहज रुपमा स्वरोजगार बन्न सघाउ पुर्‍याउने बताउनुभयो ।यस्तै रामपुर नगरपालिका रोजगार शाखा प्रमुख गणेश प्रसाद रेग्मीले नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका ४० जना युवाहरुलाई छनौट गरि तालिम प्रदान गरेको भन्दै तालिममा सिकेका ज्ञानसिपलाई दैनिक जीवनमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

 

रामपुर नगरपालिकाको सभाहलमा भएको तालिम समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै चन्द्र बहादुर ढेंगाले बैदेशिक रोजगार पश्चात देशमै केही गरौँ भन्ने सोँचका साथ तालिममा सहभागि भएको र काम मात्र नभई सरल जीवनका लागि आवश्यक आधारभूत ज्ञान सीप सिकेको बताउनुभयो ।यस्तै सहभागी पवित्रा भट्टराईले सीप सिक्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनमा दैनिक जीवनयापनमा तालिममा सेकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।

 

तालिममा सहभागि ४० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।रामपुर नगरपालिकाका रोजगार संयोजक गणेश प्रसाद रेग्मीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीका प्रबन्ध निर्देशक अरुण अर्यालले गर्नु भएको थियो ।  प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं.२,४,६,७ र ८ नम्बर वडाबाट छनौट भएका सडक मर्मतकर्मीहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राथमिकिकरणको आधारमा वडारवडाबाट छनौट भएका सुचिकृत वेरोजगारहरुलाई तालिम दिईएको हो । तालिममा सहभागिलाई १० दिने जीवन उपयोगी सीप र ४० दिन कार्यस्थलमा आधारित सीप प्रदान गरेको हो । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend