जेठ ३ ।
पाल्पा, रामपुर नगरपालिका–५, मा गृहिणीहरुको लागि तीन दिने भान्सा सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यका लागि भान्सा सुधारको आवश्यकतालाई मध्यनजर गर्दै गृहिणीहरुको लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।
महिला समन्वय समिति रामपुर नगरपालिका ५ को आयोजना र ५ नं. वडा कार्यलयको आर्थिक सहयोगमा सुरु भएको तालिमको विहिबार देखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो । रामपुर आयुर्वेद अस्पतालको योगहलमा भएको कार्यक्रम महिला समन्वय समिति रामपुर- ५ का अध्यक्ष सरस्वती सोमैको अध्यक्षता र रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिमको समापन गर्नुहुँदै प्रमुख अतिथी पोखरेलले गृहिणी घरको प्रमुख व्यक्तित्व रहेको बताउँदै पारिवारिक स्वास्थमा महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले सकारात्मक सोचले मात्र घर परिवार संगै समाज र नगरको विकास हुने स्पष्ट पार्नुभयो । यस किसिमको कार्यक्रम नगरका सबै वडामा सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो । भौतिक विकास संगै मानसिक तथा समाजिक अपरिहार्य रहेको बताउँदै वडाले आगामी दिनमा सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायाँ नेपालीले वडाले महिलाहरुको लागि आवश्यकताको आधारमा तालिम सञ्चालन गर्दै आएको बताउँदै सिकेका सीप र ज्ञान व्यहारमा लागु गर्दै समुदाय स्तर सम्म पुर्याउन आग्रह गर्नुभयो ।रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेलले भान्सा सुधार बाट सर्ने तथा नसर्ने रोगहरु न्यूनिकरणमा महत्वपूर्ण टेवा पुग्ने भन्दै नगरका १० वटै वडामा अभियान सञ्चालन गर्नु आवश्यकर रहेको बताउनुभयो ।
कार्यक्रममा रामपुर ५ का वडा सदस्य ईश्वरी काफ्ले, नरेन्द्र कुमार जर्घा, युवराज शाहीले सचेतना कार्यक्रममा वडाका सबै महिलाहरुलाई समेट्न नसके पनि सिकेका कुरा आफ्ना समूह मार्फत फैलाउन आग्रह गर्नुभयो ।
परिवारिक स्वास्थ्यका लागि मध्यनजर गर्दै महिलाहरुको लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको महिला समन्वय समिति रामपुर- ५ का अध्यक्ष सरस्वती सोमैले बताउनुभयो ।
सचेतना कार्यक्रममा सहभागी मध्ये लिला राना, पार्वती न्यौपाने, कुविजा अधिकारीले घरमा भान्साको काम निरन्तर गर्दै आए पनि सचेतनाले स्वस्थ सन्तुलित भोजन तयार गर्ने, पौष्टिक तत्व खेर नफाल्ने तथा खाना खाने तरिका संगै व्यक्तिगत स्वास्थ्यको बारेमा ज्ञान हासिल गर्न अवसर दिएको बताउनुभयो । कति पय रोगको उपचार अौषधी जन्य खाना बाट गर्न सकिने र कतिपय समस्या नजानेर फरक फरक खाना मिसाएर खाँदा हुने भएकाले यसको बारेमा टोल छिमेकमा सचेतना जगाउने प्रतिवद्धता जनाएका छन् ।
७५ जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजिकरण रामपुर आयुर्वेद अस्पतालका प्रमुख चेमन प्रकाश पोखरेल, आयुर्वेदिक चिकित्सक बालिका विसी र राधिका सुवेदीले सहजिकरण गर्नु भएको थियो । महिला समन्वय समिति रामपुर नगरपालिका ५ का सदस्य गंगा अधिकारीले कार्यक्रममा सहभागीहरसलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव विन्दु श्रेष्ठले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend