
जेठ २९ ।
पाल्पा, रामपुर सहित्यिक प्रतिष्ठान रामपुर पाल्पाले १० औं वार्षिक उत्सव मनाएको छ । माध्यमिक तह स्तरीय कविता वाचन प्रतियोगिता सहित कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो ।
रामपुर नगरपालिका–७, साउनेधारास्थित धर्मोदय दशावतार बालन सांस्कृतिक समुहको भवनमा भएको कार्यक्रम प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षता र शहीद बहुमुखी क्याम्पस रामपुरका प्रमुख मुरारी प्रसाद काफ्लेको प्रमुख अतिथ्यतामा भएको हो ।प्रमुख अतिथी काफ्लेले सहित्य समाजको ऐना रहेको भन्दै साहित्य बिना समाज अधूरो रहने बताउनुभयो ।
काफ्लेले रामपुर साहित्यिक प्रतिष्ठानले विगतदेखि गर्दै आएको साहित्यिक जागरण अभियानको खुलेर प्रशंसा गर्दै भविष्यमा अझ व्यापक स्तरमा यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोबराज तिवारीले शुभकामना व्यक्त गर्दै रामपुर साहित्यिक प्रतिष्ठानले कला र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सृजनाको माध्यम बाट समाजलाई अघि बढ्न थप उत्प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
वडा सचिव गीता पौडेल लम्सालले लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्ने यस्ता कार्यक्रमहरूमा सबै भाइबहिनीलाई सहभागी हुन अनुरोध गर्नुभयो।कार्यक्रममा धर्मोदय दशावतार बालन सांस्कृतिक समूहका अध्यक्ष हरि प्रसाद खनाल, रामपुर साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष बासुदेव ढकाल, प्रगतिशील लेखक संघ पाल्पाका अध्यक्ष राम प्रसाद गैरे, सेवा निवृत्त संघ नगर अध्यक्ष शेषकान्त भट्टराई, लुम्बिनी वाङ्मय साहित्यिक प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्ण कला भण्डारी, कालीगण्डकी संरक्षण अभियानका अभियन्ता कृष्ण प्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष बन्दना पोखरेल लगायतले शुभकामना सहित आफ्नो धारणा राख्नुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमले वार्षिक प्रतिवेदन सहित १ लाख २२ हजार १ सय २७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । <span;>रामपुर नगर भित्रका ६ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले कविता वाचन प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगितामा प्रथम रामपुर अङ्ग्रेजी आवासीय माविका शारदा प्रसा श्रेष्ठले, द्वितिय जनविकास माविका सिमा श्रेष्ठले र तृतीय समिक्षा न्यौपानेले हुनुभयो । प्रतियोगितामा कृति अधिकारीलाई सान्त्वना पुरस्कार तथा विद्या चापागाईं र थानेश्वर बस्याललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
प्रतिष्ठानका सचिव दिपकमणी अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष नोलराज भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सदस्य प्रभा न्यौपानेले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend