शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

एसईईमा पाल्पा बाट ६ जनाले चार जीपीए ल्याउन सफल



पाल्पा बाट चार जीपीए ल्याउन सफल विद्यार्थीहरु ।



असार १४ ।
पाल्पा, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाल्पा बाट ६ जना विद्यार्थीहरुले चार जीपीए ल्याउन सफल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको २०८१ को एसईईको नतिजा अनुसार जिल्लाको तीन विद्यालयका चार छात्रा र दुई छात्रले चार जीपीए ल्याउन सफल भएका हुन् ।

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर बाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेन बाट एक जना र न्यू होराईजन सेकेण्डरी स्कुल तानसेन बाट तीन जनाले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । रामतुलसी नमुना मावि बाट विविशा घिमिरे र अनुजा श्रेष्ठले चार जीपीए ल्याउनु भएको छ ।

देववाणी देववाणी संस्कृत तथा साधारण मावि बाट शुलभ भट्टराई, न्यू होराईजन मावि सेकेण्डरी स्कुल बाट निश्चल भण्डारी, कामना राना र दिव्या कार्कीले चार जीपीए ल्याउन सफल भएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका बोम बहादुर थापाका १३९ विद्यालय बाट परीक्षामा सहभागी विद्यार्थी मध्ये ६० दशमलव ४५ प्रतिशतले ग्रेड पुरा गरेका छन् ।

नियमित साधारण तर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक तर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेको थापाले बताउनुभयो । नतिजा अनुसार साधारण तर्फ चार जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जीपीए ल्याउने २३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ५५१ जना, २.८१ देखि ३.२० ल्याउने ७५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने ५३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शुन्य र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार ४ सय ४ रहेको छ ।

प्राविधिक तर्फ चार जीपीए ल्याउने विद्यार्थी शुन्य, ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ६२ जना, २.८१ देखि ३.२० ल्याउने ६१ जना, २.४१ देखि २.८० जीपीए ल्याउने १५ जना र १.६० जीपीए भन्दा कम ल्याउने विद्यार्थी संख्या ७२ जना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend