शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

शहीद क्याम्पसमा नवनिर्वाचित सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन



असार २१ ।
पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा नवनिर्वाचित क्याम्पस सञ्चालक समितिको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रामप्रसाद ढकाल (रमेश) को अध्यक्षतामा गठन भएको नयाँ सञ्चालक समितिको पदस्थापन संगै शपथ ग्रहण भएको हो ।



निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समितिले शपथ ग्रहण एवं पदस्थापन गराएको हो । निर्वाचन प्रक्रिया मार्फत ढकालको अध्यक्षतामा ९ सदस्य क्याम्पस सञ्चालक समिति गठन निर्विरोध गठन भएको थियो । समितिको सदस्यहरुमा फणेश्वर गौतम, सुकदेव पोखरेल, दुर्गा देवी पोखरेल, यम बहादुर सुनार, हरि प्रसाद गैरे, कृष्ण प्रसाद भट्टराई, सावित्रा गैरे र चन्द्रा न्यौपाने भण्डारी चयन हुनु भएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको थियो ।

निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुँदै प्रमुख अतिथी श्रेष्ठले क्याम्पसलाई शैक्षिक हबको रुपमा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा गम्भिर हुनु आवश्यक रहेको बताउनुभयो । शहीद क्याम्पस गण्डकी वेशी क्षेत्र कै शैक्षिक धरोहर रहेको बताउँदै समय सापेक्ष, व्यवहारिक शिक्षा प्रदानका लागि योजनाबद्ध रुपमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर समिति सचिव ओम प्रकाश बस्याल, नेकपा एमाले प्रदेश कमिटी सदस्य बुद्धिराज गौतम, नेकपा माओवादी केन्द्र रामपुर नगर अध्यक्ष भिमविश्व भट्टराई, नेकपा एकिकृत समाजवादीका प्रदेस सदस्य कमल सेन, राष्ट्रिय जनमोर्चा रामपुरका पदम पौडेल, वडा नं. ६ का वडा अध्यक्ष एवं सञ्चालक समितिका कोषाध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी, शहीद बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति शारदा प्रसाद पाण्डे, पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोखरेल, स्ववियु सभापति राजन गौतमले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्‌लेले क्याम्पसको वर्तमान अवस्था एवं भावि रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईले आफ्‌नो कार्यकालमा सम्पन्न भएका योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायकप्रध्यापक एवं निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले गर्नु भएको थियो । घिमिरेले नव निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण गराउनु भएको थियो । नव गठित समितिको बैठकले सञ्चालक समितिको पदाधिकारी मनोनयन गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend