असार २२ ।
पाल्पा, महामारी रोग नियन्त्रण तथा विपद् व्यवस्थापन सम्बन्धी गोष्ठी रामपुर नगरपालिकामा सम्पन्न भएको छ । नगर भित्रका जनप्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, नेपाल रेडक्रसका पदाधिकारी लगायतको सहभागिता रहेको गोष्ठीमा विपद् व्यवस्थापन सम्बन्धी पूर्व तयारीबारे छलफल गरिएको हो ।
रामपुर नगरपालिका स्वस्थ्य शाखाको आयोजनामा भएको गोष्ठी उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको थियो । उपप्रमुख थापाले वर्षादको समयमा आउन सक्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले सम्भावित विपद् जोखिम व्यवस्थापनका लागि सम्बन्धीत निकाय संग सहकार्य गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा सुरक्षा बेस क्याम्प रामपुरका सह सेनानी सन्दिप श्रेष्ठ र इलाका प्रहरी कार्यालय रामपुका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले विपद् व्यवस्थापनको तयारीको अवस्था र चुनौतीको विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा रामपुर अस्पतालका डाक्टर अञ्जली खनालले सम्भावित महामारीजन्य रोग नियन्त्रणका उपाय, पूर्व तयारीको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले विपद् व्यवस्थापनका लागि समुदायस्तरमै पूर्व तयारी आवश्यक रहेको बताउनु भएको थियो । साथै गाँडाकोट स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान शेखले अत्यावश्यक औषधी र भ्याक्सिनहरुको व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनु भएको थियो । अन्य सहभागीहरुले पनि आफ्ना सुझाव राखेका थिए । साथै सहभागीहरुले कार्यक्रमको सहजिकरण स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend