शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

भेट्रान्स कपको उपाधि जिल्ला भलिबल संघ स्याङ्जालाई



असोज २९ ।
पाल्पा, रामपुर नगरपालिका–५, नहर अफिसमा सम्पन्न दोस्रो रामपुर भेट्रान्स कप उपाधि जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । रामपुर नगरपालिका–५, नहर अफिसमा भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक रामपुर भेट्रान्सलाई ३–१ सेटले पछि पार्दै उपाधि जितेको हो ।



खेलको पहिलो, दोस्रो र चौथो सेट जिल्ला भलिबल संघ स्याङ्जाले आफ्‌नो पक्षमा पारेको थियो । तेस्रो सेट रामपुर भेट्रान्सले जितेको थियो । फाइनल खेलमा पराजित रामपुर भेट्रान्सले उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको विजेता समूहले नगद ५० हजार र उपविजेता समूहले ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको विजेता समूहलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको थियो ।

रामपुर भेट्रान्स क्लवका अध्यक्ष रामचन्द्र मल्लको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका प्रवक्ता एवं पूर्व खेलाडी कपिल बहादुर खाँणको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथी खाँणले प्रतियोगिताले पूर्व खेलाडीहरु विचको आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै नयाँ पुस्तालाई खेल प्रति प्रेरित गर्ने बताउनुभयो । असोज २६ देखि सुरु भएको प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरु आठ समूहको सहभागीता रहेको थियो ।

रामपुर भेट्रान्सका सदस्य विष्णु थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन कुमार खाँणले गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend