शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

हिमालयन शेर्पालाई ३–२ ले पछि पार्दै अभिषेक चर्च सेमिफाइनलमा प्रवेश



असोज ३० ।
पाल्पा, रामपुरमा जारी वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपमा सानदार पुनरागमन जित निकाल्दै अभिषेक चर्च रजहर, नवलपुर सेमिफाइनलमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा ए डिभिजन क्लव हिमालयन शेर्पा काठमाडौलाई ३–२ ले पछि पार्दै अभिषेक चर्चले सेमिफाइनलको यात्रा तय गरेको हो ।



अभिषेक चर्चले खेलको पहिलो हाफमा २–० को अग्रता कायम गरेका हिमालयन शेर्पा माथि दोस्रो हाफमा ३–२ को पुनारागमन जित निकाल्न सफल भएको हो । हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले पहिलो हाफको २३ औं मिनेट मै गोल गरी १–० को अग्रता दिलाउनु भएको थियो । लगतै पहिलो हाफको २९ औं मिनेट मै हिमालयन शेर्पाका लागि सुजन गुरुङले गोल गर्दै अग्रता थप बलियो बनाउनु भएको थियो । तर हिमालयनले कायम गरेको अग्रता दोस्रो हाफमा भने टिक्न सकेन । खेलको ५४ औं मिनेटमा अभिषेक चर्चका लागि विक्की चौधरीले गोल गर्दै गोल अन्तर घटाउन सफल भएको थियो । लगतै ६६ औं मिनेटमा अभिषेकका लागि युवराज ढकालले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याउन सफल हुनु भयो ।

खेलको ७८ औं मिनेटमा अभिषेक चर्चका लागि पुनः विक्की चौधरीले टिमका लागि तेस्रो र आफ्‌नो व्यक्तिगत दुई गोल गर्दै ३–२ को अग्रता दिलाउन सफल भएको थियो । अन्तत विक्कीले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । खेल अवधिभरमा दुईगोल गर्न सफल अभिषेक चर्चका विक्की चौधरी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद ३ हजार प्राप्त गर्न सफल हुनु भएको छ । साथै युवराज ढकालले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधिसगै गिफ्ट ह्याप्पर प्राप्त गर्नु भएको छ ।

अभिषेक चर्चले प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा डिफेन्डर च्याम्पियन युनाईटेड युथ क्लव गिरुबारी, नवलपुर संग कार्तिक १ गते प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । आयोजक ज्योतिपुञ्ज युवा क्लव पनि सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आयोजकले भोलि शुक्रबार हुने अन्तिम क्वाटरफाईनल खेलका विजेता टिम संग कार्तिक २ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । शुक्रबार देवदह ब्वाईज रुपन्देही र सूर्यपुर फुटबल क्वल चितवन विच दिउँसो ३ बजे देखि खेल हुने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
प्रतियोगिताको विजेता समूहले नगद ३ लाख ५० हजार र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

सेमिफाइनल पराजित टिमलाई २५/२५ हजार प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचले जनही ८ हजार प्राप्त गर्नेछ । रामपुर नगरपालिका ७ किसानबारीमा जारी प्रतियोगितामा १० समूहले भाग लिएका थिए । ज्योति पुञ्ज युवा क्लवले तेस्रो संस्करणको प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान : रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन गरेको हो । तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend