शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

मंसिर १६ देखि रामपुरमा दोस्रो भम्बक युनाईटेड कप हुँदै



मंसिर १३ ।
पाल्पा, रामपुर नगरपालिका–५, भम्बकमा आगामी मंसिर १६ गते देखि दोस्रो भम्बक युनाईटेड कप हुने भएको छ । भम्बक युनाईटेड युथ क्लव रामपुरले र रामपुर नगरपालिकाको संरक्षणमामा दोस्रो भम्बक युनाईटेड कप अन्तर्गत क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको हो ।



आगामी मंसिर २० गते सम्म प्रतियोगिताको बारेमा आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भम्बक खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले युवाहरुलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा भलबल खेल खेलप्रेमी दर्शकहरुलाई सहज रुपमा खेल अवलोकनको व्यवस्था मिलाईएको समेत उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा पाल्पा, स्याङ्जा, कास्की, नवलपुर र रुपन्देहीका उत्कृष्ट सात क्लवले प्रतिस्पर्धा गर्ने निश्चित भएको खेल संयोजक एवं क्लवका वरिष्ठ उपाध्यक्ष अनुप मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा होराइजन भलिबल क्लव रुपन्देही, मणिमुकुन्द भलिबल क्लव, रुपन्देही, जिल्ला भलिबल संघ स्याङ्जा, जिल्ला भलिबल संघ पाल्पा, एपीएफ पोखरा, आयोजक भम्बक युनाईटेड युथ क्लव र जिल्ला भलिबल संघ नवलपुर बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा रहेका खेलाडीको समेत सहभागीता रहने मल्लले बताउनुभयो ।
सहभागी क्लवले एक टिममा तीन जना एनभीए कप खेलिसक्नु भएका राष्ट्रिय खेलाडी सहभागी गराउने पाउने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक मल्लले जानकारी दिनुभयो । साथै उत्कृष्ट खेलाडीलाई नगद १० हजार र अन्य पाँच वटा विद्यामा ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । खेल लिगकम नकआउट सिस्टममा सञ्चालन हुनेछ ।

प्रतियोगिताका आर्थिक समितिका संयोजक राजेन्द्र मल्लले खेल सञ्चालनको क्रममा १७ देखि १८ लाख खर्च हुने अनुमान गरिएको बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघ संस्था, स्वदेश तथा नेपालमा रहनु भएका सहयोगी दाताहरु बाट आर्थिक संकलन भैरहेको जानकारी दिनुभयो । प्रतियोगिता जिल्ला भलिबल संघ, पाल्पाको समन्वय, रामपुर उद्योग वाणिज्य संघ, रामपुर भलिबल संघ र नगर खेलकुद विकास समितिको सहकार्यमा सञ्चालन हुनेछ ।

दर्शकहरुको लागि खेल अवलोकनका लागि दुई हजार पाँच सय देखि तीन हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको क्लवले जनाएको छ । साथै खेल अवलोकनका लागि सेमिफाइनल अघि प्रवेश शुल्क एक सय रुपैयाँ र सेमिफाईनल तथा फाइनल खेल अवलोकनका लागि दुई सय शुल्क तोकिएको छ । विद्यार्थीका लागि प्रवेश शुल्कमा ५० प्रतिशत छुट, फरक क्षमता भएका अशक्त नागरिक र जेष्ठ नागरिकको लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको समेत आयोजकलले जनाएको छ ।

पत्रकार सम्मेलन क्लबका अध्यक्ष बालकृष्ण कुमालको अध्यक्षतामा भएको थियो । क्लवका सल्लाहाकार गोविन्द रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शालिकराम खनालले गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend