पुस ५ ।
पाल्पा, लोकदोहोरी गायक बद्री कुमार पंगेनीले ‘झ्याप्पै’ बोलको गीत सार्वजनिक गर्नु भएको छ । ब्राह्मण समुदायको युवा र मगर समुदायकी युवतीको माया प्रितीमा आधारित लोकदोहोरी गीत उहाँले शनिबार विहान आफ्नै आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गर्नु भएको हो ।
नारायण ज्ञावलीको शब्द संकलनमा रहेकोे गीतमा चर्चिक लोक दोहोरी गायक पंगेनी संगै गायिका ज्योति मगरको स्वर रहेको छ । संगीत गायक पंगेनीले नै भर्नु भएको हो । पाल्पाको निस्दी गाउँपालिकाको पर्यटकिय स्थल काउले डाँडा, खादर गाउँ, गेझा पिपल भञ्ज्याङ्ग संगै रामपुर नगरपालिकाको तातोपानी, नगर गौशाला कठान लगाएतका स्थानमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियोमा सुरेश कोहली, आरुशी मगर संगै मिन सोमै मगर, हरि खनाल लगाएतको अभिनय रहेको छ ।
प्रिज्म स्टुडियोबाट रेकर्ड गरिएको गीतको म्युजिक भिडियो निर्देशन गायक पंगेनीले नै गर्नु भएको छ । गीतको एरेन्ज श्यामश्वत रसाइली र कोरियोग्राफी अवि वाग्लेको रहेको छ । शनिबार गीत सार्वजनिक गर्नुहुँदै पंगेनीले गीत, संगीतको निरन्तरता स्वरुप नयाँ गीत सार्वजनिक गरिएको बताउनु भयो । निस्दी गाउँपालिका र रामपुर नगर क्षेत्रको पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि यस पटक नयाँ ठाउँमा गएर भिडियो छायाङ्कक गरिएको पंगेनीले जानकारी दिनुभयो ।
समय सापेक्ष गीत गाउन अब्बल पंगेनीका गीतमा मौलिकता र यथार्थता पाउन सकिन्छ । गीत संगित बाटै श्रोता र दर्शकको मन जित्न सफल गायक पंगेनी लोक संस्कृतिको संरक्षण प्रवद्र्धनका लागी सधै प्रयासरत हुनुहुन्छ । उहाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय अध्यक्ष समेत हुनुहुन्छ ।
गीतको म्युजिक भिडियो
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend