पुस १० ।
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेल ‘लुम्बिनी प्रोस्कून उत्कृष्ट व्यवस्थापक’मा सम्मानित हुनु भएको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून)ले पाँचौ वार्षिक साधारण सभाको अबसरमा पौडेललाई नगद सहित सम्मान गरेको हो ।
लुम्बिनी प्रदेश भित्रका बचत तथा सहकारी संस्था मध्ये बाट छनौट गरी उहाँलाई सम्मान गरेको हो । यस वर्ष संघ तर्फ उत्कृष्ट व्यवस्थापनको सम्मान रुपन्देही बचत तथा ऋण संघलाई प्रदान गरेको छ । अन्धकारमुक्ति साकोसका व्यवस्थापक पौडेललाई बुटवलमा आयोजित साधारण सभामा नेपाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थी, लुम्बिनी बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालले सम्मान प्रदान गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा अन्धकारमुक्ति साकोसका निवर्तमान अध्यक्ष एवं प्रोस्कूनका सञ्चालक सागर प्रसाद देवकोटाको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सहकारीले विपन्नवर्गका आमनागरिकका लागि आर्थिक रुपमा सवल बन्न सहयोग गर्ने भएका कारण, सहकारी अभियान सिंगो मुलुकको आर्थिक सम्वृद्धिको महत्वपुर्ण खम्वा भएको बताउनुभयो ।
प्रोस्कुनका प्रदेश अध्यक्ष कृष्ण नेपालले सहकारी आफैमा ऐन कानूनका साथै सूशासन र आत्मअनुशासनले मात्रै अगाडि बढ्नुपर्नेमा कतिपय सहकारीका सञ्चालकहरुका गलत सोंचका कारण समस्या आएको बताउनुभयो । अध्यक्ष नेपालको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटाको स्वागत र महासचिव वसन्तप्रसाद ढकालको सञ्चालनमा भएको थियो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend