शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

‘पिपुल्स च्वाइस अवार्ड’ भलिबलका हिमाल सुनारीलाई



तस्विर :- NSJF pulsar sports award-2081 को लाईभ भिडियो बाट स्क्रिन सट लिईएको हो ।



पुस २३ ।
पाल्पा, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) स्पोट्र्स अवार्ड २०८१ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ भलिबल खेलाडी हिमाल सुनारीले जित्न सफल भएको छ । पोखरामा भएको एक कार्यक्रमका विच सुनारीलाई बुधबार ‘पिपल्स च्वाइस अवार्ड’ बाट सम्मान गरिएको हो ।

एनएसजेएफले दर्शकको भोटिङको आधारमा पिपल्स च्वाइस अवार्ड प्रदान गरेको हो । सुनारीले कुल मतको ४८.१० प्रतिशत मत प्राप्त गर्नु भएको थियो । त्यस अवार्डको मनोनयनमा पर्ने खेलाडीमा उसुका विजय सिन्जाली , टेबल टेनिसकी इभाना थापागमर, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका थिए । त्यस अवार्डको मनोनयनमा पर्ने खेलाडीहरु मध्ये पौडेलले ३०.९२ प्रतिशत, क्रिकेटकी महतोले १०.८६ प्रतिशत, उसुका विजय सिन्जालीले ६.१० प्रतिशत, टेबल टेनिसकी इभाना थापागमरले ४.०३ प्रतिशत मत प्राप्त गर्नु भएको थियो ।

गण्डकी क्षेत्रको भलिबलका प्रभावशाली एवं चर्चित खेलाडी हिमाल गण्डकीले मुख्यमन्त्रीकप राष्ट्रिय पुरुष भलिबलको उपाधि जित्दा उहाँ मुख्य खेलाडी हुनुहुन्थ्यो । यस्तै तेस्रो संस्करणको टाइगर कपमा बेस्ट सर्भर घोषित हुनु भएको थियो । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा जन्मिनु भएका हिमाल गण्डकी प्रदेश बाट राष्ट्रिय स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend