शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता (फोटो सहित)



माघ ६ ।
पाल्पा, आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पाल्पामा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले सहित विभिन्न राजनैतिक दलहरु संगै स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।



जिल्लाको दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालय रामपुर र क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनमा गएर उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन आयोगले निर्धारण गरेको समय विहान १० देखि ५ बजे सम्मको अवधीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेश्नल रिपब्लिक पार्टी, नेशनल मंगोल अर्गनाईजेशन लगाएतका दल तथा स्वतन्त्र उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।

रामपुर नगरपालिका ५ बेझाँड बाट मुख्य दलहरु नेपाली कांग्रेस र नेकपा एमाले सहितका दलहरु कार्यकर्ताहरु पञ्चेबाजा सहित बजार परिक्रममा गर्दै निर्वाचन अधिकृतको कार्यालय गेट सम्म पुगेका थिए । कार्यालय परिसर भित्र भने उम्मेद्वार, प्रस्तावक, समर्थक सहित बढीमा २५ जना सम्म मात्र प्रवेश गर्न दिईएको थियो । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र सहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दल बाट २३ र स्वतन्त्र बाट ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ९ जना दल र ४ जना स्वतन्त्र गरी १३ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. २ मा १४ राजनीतिक दल र ३ स्वतन्त्र गरी १७ जनाको उम्मेदवारी दर्ता गरेको हो । उम्मेदवारहरु मध्ये अधिकांश पुरुष कै वर्चश्व देखिएको छ । उम्मेदवार मध्ये महिलाको संख्या दुई जना मात्र रहेको छ । क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चा र २ मा नेपाल मजदुर किसान पार्टीले मात्र महिलालाई उम्मेदवार बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend