शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

निस्दीमा सम्पन्न सातौं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि अंशुवर्मालाई



तस्विर : खिम बाकाबलकाे फेसबुक बाट



माघ १३ ।
पाल्पा, निस्दी गाउँपालिकामा सातौं संस्करणको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरुमा उत्कृष्ट स्थान हासिल गर्दै अंशुवर्मा मावि निस्दी गाउँपालिका–२ ले राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको छ ।

निस्दी गाउँपालिकाको खेल मैदान मित्याल झ्याल्टुङ्गमा भएको प्रतियोगितामा १८ का विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो । जस मध्ये ५ स्वर्ण, ३ रजत र १ कास्य सहित ९ पदकका साथ अंशुवर्माले प्रथम स्थान सहित रनिङ्ग शिल्ड उचालेको हो । प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ८ कास्य सहित १३ पदकका साथ गौरीशंकर मावि निस्दी–४ द्वितिय भएको छ । त्यस्तै जनता मावि निस्दी– ५ गल्धा ३ स्वर्ण, १ रजत र २ कास्य पदक सहित तृतीय भएको छ ।

पालिका भित्रका १२ सामुदायिक विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिताको विजेता विद्यालय तथा विद्यार्थी मध्ये उपाधि विजेताले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद, द्वितिय र तृतिय हुनेले ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद प्राप्त गरेको शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले विजेता विद्यालयहरु मध्ये प्रथम, द्वितिय र तृतिय हुने क्रमश ८ हजार, ५ हजार ३३५ र २ हजार ६६५ रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । सहभागी १२ वटै विद्यालयलाई यातायात खर्च १२/१२ हजार रुपियाँ उपलब्ध गराएको थियो । शिक्षा शाखा प्रमुख नर बहादुर थापाले बताउनुभयो । विजेता विद्यालयललाई निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तीरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर चितौरे लगाएतले पुरस्कार प्रदान गर्नु भएको थियो । गत शनिबार देखि निस्दी–४ मित्याल, झ्याल्टुङ खेल मैदानमा प्रतियोगिता भएको थियो ।

सहभागी विद्यालय मध्ये सरस्वती मावि निस्दी ५ गल्धाले २ स्वर्ण, ३ रजत र ३ कास्य सहित ८ पदक, राधाकृष्ण मावि निस्दी–१ ले १ स्वर्ण, ३ रजत र २ कास्य सहित ६ पदक, बालहित मावि निस्दी–२ ले १ स्वर्ण, १ रजत र २ कास्य सहित ४ पदक, जनक मावि निस्दी–३ ले १ स्वर्ण, २ रजत सहित ३ पदक, लक्ष्मी मावि निस्दी–३ ले १ स्वर्ण, १ रजत सहित २ पदक, जनप्रिय मावि निस्दी ४ ले १ रजत, गोरखनाथ मावि निस्दी–६ ले १ रजत, सरस्वती मावि निस्दी–७ ले १ रजत प्राप्त गरेको छ । जनप्रिय मावि निस्दी ७ पदक विहिन बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend