शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

आधारभूत माविको ३७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न



माघ २७ ।
पाल्पा, आधारभूत प्राविधि माध्यमिक विद्यालय रामपुर नगरपालिका–७ अदर्शनगर पाल्पाले ३७ औं वार्षिक उत्सव तथा ३८ औं अभिभावक दिवस मनाएको छ । विद्यालय स्थापनाको ३७ औैं वर्ष पुरा भएको अवसरमा विद्यालयले विविध कार्यक्रम सहित वार्षिक उत्सव मनाएको हो ।



विद्यालयले माघ २३ देखि विविध कार्यक्रम गरी मंगलबार विशेष समारोह सहित वार्षिक उत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षका कमलराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी श्रेष्ठले वार्षिक उत्सव कार्यक्रमको समुद्घाटन गर्दै विज्ञान र प्रविधिको विकास संगै भित्रिएका नयाँ प्रविधिको शिक्षण क्रियाकलापमा उच्च सदुपयोग गर्दै अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

श्रेष्ठले प्राविधिक शिक्षा संगै व्यवहारिक तथा नैतिक शिक्षा वर्तमान समाजको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यालय सुधारको लागि अभिभावक र विद्यालय विचको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको बताउनुभयो । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय मात्र नभै अभिभावकको महत्वपूर्ण भुमिका हुने बताउँदै अभिभावकले विशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारका पूर्व सहसचिव एवं अक्षयकोषदाता मधुसुदन पोखरेल समाजमा पछिल्लो समय प्रविधि संगै विकृति फैलिएको बताउँदै न्यूनिकरणका लागि विद्यालय तह बाटै आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवि भण्डारी गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, रामन्दिर व्यवस्थापन समितिका अध्यक्ष फणेश्वर गौतम, चन्दादाता सुकदेव पोखरेल, शहीद बहुमुखी क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्‌ले, शिक्षक अभिभावक संघका अध्यक्ष इश्वरी प्रसाद भट्टराई, विद्यार्थी इमेज रेग्मी र अमिसा श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वार्षिक उत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले सबै सरोकारवालाहरको साथ र सहयोगले विद्यालय वर्तमान अवस्था सम्म आईपुगेको बताउनुभयो । कार्यक्रममा प्रधानाध्यापक रुपनाथ गौतमले विद्यालयको वार्षिक प्रतिवेदन र लेखापाल सुरेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अवसरमा विद्यँलयले उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरेको थियो । वार्षिक उत्सवको अवसरमा गत माघ २३ गतेदेखि भएका प्रतियोगिताको पुरस्कार वितरण, भूत पूर्व विद्यार्थी मञ्च सञ्चालन गरेको प्रतियोगिताको पुरस्कार वितरण संगै विद्यालयलाई सहयोग गर्ने संघ संस्था र व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । विद्यालयका स्वागत सहायक प्रधानाध्यापक प्रकाश भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक डोलराज रेग्मीले गर्नु भएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्‌ना प्रतिभा प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend