शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

क्रियाशिल मगर उत्थान समूहले सम्मान सहित वार्षिक उत्सव मनायाे


  • मंगलबार, फाल्गुन ५ २०८२ , अपराह्न ०८:३५ बजे



पाल्पा, क्रियाशिल मगर उत्थान समूह रामपुर ७ किसानबारी पाल्पाले २२ औँ वार्षिक उत्सव मनाएको छ । समूहले मंगलवार सम्मान सहित विविध कार्यक्रमका साथ वार्षिक उत्सव मनाएको हो ।

  समूहका अध्यक्ष हुममाया रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका वडा नं.7 का वडा सदस्य मिन बहादुर सिंजालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंजालीले मगर समुदायको उत्थानका लागि पाटी भन्दा माथी उठेर लाग्नु पर्ने बताउनुभयो ।उहाँले मगर समुदायको हक अधिकारको सुनिश्चितताको लागि मगर समुदाय सबै एक भएर लाग्नु आग्रह समेत गर्नुभयो । कार्यक्रममा एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष नरेन्द्र कुमार जर्घाले मगर समुदायको भाषा संस्कृतिको संरक्षण संगै एकताका लागि सबै जागरुक हुन आवश्यक रहेको बताउनु भएको छ । यस्तै नेपाल मगर संघका केन्द्रिय सदस्य तथा समूहका सल्लहाकार क्यापटेन धन बहादुर रानाले जातिय एकता संगै समृद्धिका लागि सोँच्नु पर्ने बेला आएको उल्लेख गर्नुभयो । समूहका सल्लहाकार रेम बहादुर रानाले भातृत्व भावनाको विकास संगै समुदायको आर्थिक र सामाजिक विकासमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

   समूहको भवन रामपुर ७ किसानबारीमा भएको कार्यक्रममा नेपाल मगर संघ रामपुरका अध्यक्ष क्यापटेन देव बहादुर थापा मश्राङ्गी, सल्लहाकार राम बहादुर हिस्की थापा ,एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाका अक्षयकोष संयोजक केश बहादुर सारु, सल्लहाकार बलराम राना ,डिल बहादुर सुनारी, सहसचिव हेमा राना, कोषाध्यक्ष बल बहादुर थापा, सदस्य प्रेम कुमारी पाटा, ट्याङ्गा लाफाकुङ रेन्जा क्लवका संयोजक चेत बहादुर हिस्कीले बोल्दै वार्षिक उत्सवको अवसरमा शुभकामना दिनु भएको थियो ।

  वार्षिक उत्सवको अवसरमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । समूहले रामपुर ७ कालिका टोल बस्ने समूहका सदस्य बगी सरा सुनारी,किसानबारी निवासी चनीसरा थापा र कठान निवासि फुलमाया आलेलाई नगद सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । साथै संस्थाका सदस्य लिला सुनारीको भारतीय सेनामा कार्यरत श्रीमान कृष्ण बहादुर सुनारीले पदोन्नतीको अवसरमा संस्थालाई साउण्ड सिस्टम प्रदान गरेकोमा सम्मान गरेको छ ।समूहका सहअध्यक्ष सुनिता रानाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव जमुना रानाले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend