शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामपुर नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखि सुरुरु


  • शुक्रबार, फाल्गुन ८ २०८२ , अपराह्न ०९:३१ बजे



फागुन ८ । पाल्पा,रामपुर नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखि शुरु भएको छ ।राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ रामपुर नगरपालिकाको आयोजना र रामतुलसी माध्यमिक विद्यालयको समन्वयमा प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै अर्थ उद्योग तथा पर्यटन समितिका सभापति तथा लुम्बिनी प्रदेश साँसद राजु प्रसाद श्रेष्ठले खेलकुदले विद्यार्थीहरुको शारिरिक र मानसिक विकास संगै अनुशासन र सामाजिक सद्भावको विकास गर्ने बताउनुभयो । उहाँले विद्यालय शिक्षा संगै खेलकुद पनि महत्वपूर्ण भएको भन्दै दुवैलाई संगै लैजानु पर्नेमा जोड दिनुभयो । सभापति श्रेष्ठले रामपुर नगरपालिकाले पहाडी जिल्ला मध्येमा धेरै प्रगति गरेको भन्दै पहाडी क्षेत्रकी शिक्षाको हबको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । विभिन्न ठुला उद्योगबाट रामपुरलाई समुन्नत बनाउन सम्भावना कम रहेकोले प्रविधिमैत्री र प्राविधिक शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको माध्यमबाट समुन्नत रामपुर बनाउन सकिने उल्लेख गर्नुभयो । साथै उहाँले शैक्षिक विकासका लागि सरल, सहज र प्रभावकारी शैक्षिक नीतिको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शैद्धान्तिक ज्ञान मात्र शिक्षा नभई खेलकुदले व्यवहारिक शिक्षा प्रदान गर्ने बताउनुभएको छ । थापाले खेलले शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्दै विद्यार्थी जीवनमा खेलकुदको विशेष महत्व रहेको बताउनुभयो। विगत लामो समयदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामपुर नगरपालिका दोस्रो स्थानमा सीमित हुँदै आएको स्मरण गर्दै यस वर्ष प्रथम स्थान हासिल गर्ने लक्ष्यसहित सशक्त तयारी गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले रामपुरको पहिचान , गौरव र इतिहास कायम गर्नका लागि उच्च मनोवलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाले विभिन्न विधाका खेलाडीलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उनले खेल क्षेत्रबाट उज्ज्वल भविष्य निर्माण हुनुका साथै रामपुरको पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गरे।

रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले आफुमा भएको खेल प्रतिभालाई अनुशासनका साथ प्रदर्शन गर्न आग्रह गर्नुभयो ।उहाँले नगरपालिकामा भएको प्रतिस्पर्धामा मात्र नभई जिल्लामा नै उत्कृष्टता हासिल गर्ने भावनाका साथ खेल खेल्नु पर्ने बताउनुभयो । समग्र पालिकाभित्रको विद्यार्थीहरुको क्षमतालाई प्रतिनिधित्व गर्ने गरी मेहनतका साथ खेल्नु पर्ने आवश्यकता औँल्याउनुभयो । नगरको खेलकुदको विकासका लागि विभिन्न प्रितयोगिता संगै प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै खेलकुदको विकासका लागि नगरपालिका संधै प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतियोगितामा नगरपालिका भित्रका २१ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा विभिन्न ३१ वटा विधामा खेल भईरहेको छ । प्रतियोगिताको पहिलो दिन छात्रछात्राका विभिन्न दौड, लङजम्प, त्रिपल जम्प, महिला कब्बडी र सटफुट प्रतियोगिता सकिएको छ । प्रतियोगिता उद्घाटनको अवसरमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारीलाई सम्मान समेत गरिएको थियो ।

आयोजक विद्यालय रामतुलसी माध्यमिक विद्यालयका प्रधानध्यापक तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका सदस्य सचिव बालकृष्ण लम्सालको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन समितिको खेल संयोजक दिपेन्द्र प्रसाद भट्टराईले गर्नु भएको थायो । रामपुर ५ बेझाँडस्थित रामतुलसी माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend