चैत्र ३० ।
पाल्पा, रम्भा गाउँपालिका–१, च्याङलिङ्ग पाल्पामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लोक सुसेली युवा समाजले २० औं वार्षिक उत्सवको अवसरमा गैरी खेल मैदानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
रम्भा गाउँपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोग भएको रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक यम बहादुर सिंजालीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम लोक सुसेली युवा समाजका अध्यक्ष रञ्जित सेन ठकुरीको अध्यक्षता र रम्भा गाउँपालिका–१ का वडा अध्यक्ष ईश्वरी काफ्लेको प्रमुख अतिथ्यतामा भएको हो । प्रमुख अतिथी काफ्लेले रक्तदान जीवनदान भएकाले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले क्लवले गर्दै आएको सामाजिक कार्यको प्रशंसा समेत गर्नुभयो ।
क्लवका अध्यक्ष रञ्जित सेन ठकुरीले रगतको अभाव हुन नदिनका लागि वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाका प्रमुख विनोद भारतीले संकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र मार्फत रगतको अभाव झेलिरहेका विरामीहरुलाई उपलब्ध गराईने बताउनुभयो । कार्यक्रमको सञ्चालन दिनेश भट्टराईले गर्नु भएको थियो ।
क्लवले वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम संगै साविक वडा स्तरीय भलिबल प्रतियोगिता र च्याङलिङ्ग डान्सआइडल प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगिताको समापन मंगलबार समापन गरिदैछ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend