शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

अष्ट्रेलियामा सम्पन्न बडीबिल्डिङ प्रतियोगितामा निस्दीका दर्लामीको उत्कृष्ट प्रदर्शन



वैशाख २१ ।
पाल्पा, अष्ट्रेलियामा हालै सम्पन्न प्राकृतिक बडीबिल्डिङ प्रतियोगितामा नेपालका खेलाडी सुरेन्द्र दर्लामीले उत्कृष्ट प्रदर्शन गर्दै बहु पदक जित्न सफल भएका छन्। निस्दी गाउँपालिका–२, सहलकोटका दर्लामीले पदक जित्न सफल हुनु भएको हो ।



पूर्व राष्ट्रिय बक्सिङ च्याम्पियनसमेत रहनु भएका दर्लामीले पुरुष मेन्स फिजिक क्याटेगरीमा १x गोल्ड (1st Timer), १x गोल्ड (Novice) र १x सिल्भर (Open) हासिल गर्नु भएको हो । साथै, क्लासिक फिजिकमा उहाँले चौथो र पाँचौँ स्थान प्राप्त गर्नु भएको छ । पोजिङ रुटिनमा ब्रोन्ज पदक जित्नु भएको छ ।

बक्सिङ बाट शारीरिक सुगठनमा उहाँको सफल यात्रा अनुशासन, कडा मेहनत र समर्पणको उदाहरण बनेको छ। प्राकृतिक बडीबिल्डिङमा उहाँले स्टेजमा प्रभावशाली उपस्थिति जनाउँदै आफ्नो क्षमता प्रमाणित गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend