शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरको सभापतिमा बुद्धि प्रकाश रेग्मी निर्वाचित


  • शनिबार, जेष्ठ १६ २०८३ , पूर्वाह्न ०८:५७ बजे

जेठ १६ ।
पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगरकार्य समितिको सभापतिमा बुद्धि प्रकाश रेग्मी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नगरको प्रथम अधिवेशनले रेग्मीको सभापतित्वमा नयाँ कार्यसमिति गरेको हो ।



अधिवेशनले समितिको उपसभापतिमा रुविया खातुन, सचिवमा हरिचन्द्र पोखरेल, सदस्यहरुमा टेक बहादुर क्षेत्री, रामप्रसाद ढुङ्गाना, जङ्गबहादुर सुनार, महेश ढकाल, राबिया खातुन, तेज प्रसाद बस्याल र देवी प्रभा पाण्डे रहनु भएको छ । नगर समितिमा सभापति बाहेक अन्य पदमा सर्वसम्मत रुपमा समिति गठन भएको हो । नगर सभापतिमा बुद्धि प्रकाश रेग्मी र सचिन खत्रीले प्रतिस्पर्धा गर्नु भएको थियो । अधिवेशनमा सहभागी मध्ये ३४ जनाले मतदान गरेका थिए । नवनिर्वाचित सभापति रेग्मीले २६ र सचिन खत्रीले ७ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक निमनारायण ढुङ्गानाले बताउनुभयो ।

पदाधिकारी मध्ये कोषाध्यक्ष, सहसचिव र सदस्यहरु नवगठित समितिले मनोनयन गर्नेछ । राम्चे सामुदायिक वनको सभाहलमा भएको अधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टी रामपुर नगर सभापति अर्जुनप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश दुर्गा अर्यालको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा प्रमुख अतिथि अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु भण्डारी, पाल्पा क्षेत्र नम्बर १ का उम्मेदवार बिमल पन्त, केन्द्रीय नेतृतव मञ्चका संयोजक सागर ढकाल सहित हरि प्रसाद न्यौपाने, टेक बहादुर क्षेत्री र रुविया खातुन लगायतले आफ्नो धारणा राख्नुभएको थियो।

नगर सभापति श्रेष्ठले पार्टीको सांगठनिक अवस्था र प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका उपसभापति भोजराज डोटेल (कैलाश)को स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव जोगन भुजेलले गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend