जेठ ३०।
पाल्पा, रामपुरमा अन्तर माध्यमिक तह स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाको १० औं बार्षिकउत्सवको अवसरमा शनिबार कालीगण्डकी सभ्यता विषयक कविता वाचन प्रतियोगिता भएको हो ।
आधारभुत माध्यामिक विद्यालय रामपुर नगरपालिका ७ मा भएको प्रतियोगितामा रामतुलसी माध्यामिक विद्यालयका स्मृति गौतम प्रथम, रामपुर अंग्रेजी आवासिय माध्यामिक विद्यालयका समिर राना द्वितिय, जनकल्याण माध्यामिक विद्यालयका सुद्धता परियार तृतीय र भूपू सैनिक राइजिङ्ग अंग्रेजी माध्यामिक विद्यालयका सुस्मिता खत्री सान्त्वना हुनुभएको छ । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
रामपुर सहित्यिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको वार्षिक उत्सव विशेष कार्यक्रम राधादामोदर संस्कृत माविका पूर्व प्राचार्य डा. खेमराज खनालले साहित्य समाजको ऐना भएकोले यसको संरक्षण सम्बर्द्धन गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्य सिर्जनाको माध्यम बाट समाजलाई सुसुचित बनाउदै सहि परिवर्तनशिल बाटोमा दोर्याउन समेत सहयोग पुयाउनेमा जोड दिनुभयो । रामपुर ७ का वडाअध्यक्ष दोवराज तिवारीले साहित्य समाजको चेतना, संस्कृति र सभ्यतालाई जोगाइ राख्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। कालीगण्डकी सभ्यतासँग जोडिएका विषयवस्तुलाई नयाँ पुस्तामाझ पुर्याउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।
लुम्बिनी बाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष कृष्णकला कंडेल, खगुपति घिमिरे, जनकल्याण माविका प्रधानाध्यापक आनन्द भण्डारी, सिताराम माध्यामिक विद्यालयका शिक्षक कल्पना खनाल , उपाध्यक्ष हुमा देवकोटा, सचिव दिपक मणि अर्याल, शोभा भण्डारी, रस्मि अर्याल कुन्तादेवी गैरे लगायतले रचना बाचनसँगै आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा कालीगण्डकी वेशी क्षेत्रका विद्यालय बाट २६ जना विद्यार्थी तथा स्रष्टा गरी ४२ जनाले रचना बाचन गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष नोलराज भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन पर्शुराम पाण्डे र समिर पौडेलले गर्नुभएको हो ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend