शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

राइस हिस्पा नियन्त्रणको लागि रम्भा र पूर्वखोलाका कृषकलाई विषादी वितरण



साउन ७ ।
पाल्पा, प्रतिनिधि सभा सदस्य सन्दीप रानाले पाल्पा क्षेत्र नं. १ संसदीय सचिवालय मार्फत धनबालीमा राइस हिस्पा (काँडेदार खपटे किरा) किराको प्रकोप फैलिएको क्षेत्रमा किटनाशक विषादी वितरण गर्नु भएको छ । संसदीय सचिवालय बाट खटिएको कृषि प्रविधिक सहितको टोलीले रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकाका कृषकहरुलाई प्रकोप नियन्त्रणका लागि आवश्यक परामर्श सहित विषदी वितरण गरेको हो ।



सचिवालयले यस अघि पूर्वखोला आसपास  धानखेती लगाएका वडा नं. २ र ३ का कृषकहरुलाई वितरण गरिसकेको छ । विहिबार रम्भा गाउँपालिका वडा नं. ५ फुरुङ्गदी, घुर्चिस र मुन्टुङ्ग फाँटका कृषक संगै पूर्वखोलामा अपुग भएका स्थानका लागि थप औषधी प्रदान गरेको हो । कृषकहरुलाई आवश्यक किटनाशक विषादी थायथोसम १२.६ प्रतिशत र लाम्ब्डा साइहेलोथ्रिन ९.५ प्रतिशत जेडएन सहित माक्स र पिपिई सेट वितरण गरेको हो ।

रम्भा गाउँपालिका ५ फुरुङ्गदीमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेश संयोजक दुर्गा अधिकारी, नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल, नेपाली कांग्रेसका जिल्ला सदस्य सुवेदार कोमान सिं काम्मु, रम्भा गाउँपालिका ५ का नेपाली कांग्रेस सभापति विष्णु काम्मु, प्रजातन्त्र सेनानी धननाथ अधिकारी, घुर्चिस फाँट सिंचाईका मुखिया प्रेम नारायण पाण्डे, उद बहादुर काम्मु, दुर्गा बहादुर काम्मु, किसान युवा क्लवका अध्यक्ष दिपक थापा, फुरुङ्गदी, घुर्चिस र मुन्टुङ्ग फाँटका कृषकहरुको उपस्थितिमा सचिवालयका जीवन तिवारी, कृषि प्राविधिक निर्जल पाण्डेले सामग्री हस्तान्तरण गर्नु भएको थियो । पूर्वखोलामा नेपाली कांग्रेस पूर्वखोलाका सभापति विष्णु कुमारी आचार्य, उपसभापति मेघराज न्यौपाने, समाजसेवी कमलराज खनालको उपस्थितिमा थप विषादी हस्तान्तरण गरिएको हो ।

सचिवालयका कृषि प्राविधिक निर्जल पाण्डे (कपिल)ले युरियाको अत्याधिक प्रयोग, बाक्लो रोपाई, उच्च आद्रता, लगातार ओसिलो वातावरण, हिउँदको बाली स्याहार्ने बित्तिकै रोपाई गरी धान लगाउँदा राइस हिस्पाको प्रकोप देखिएको बताउनुभयो । उहाँले कृषकहरको खेत मै पुगेर नियन्त्रणको जैविक विधि संगै किटनाशक विषादीको प्रयोग विधि बारेमा जानकारी दिनु भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend