साउन २३ ।
पाल्पा, ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका–७, पाल्पाले तेस्रो ज्योतिपुञ्ज कपको आम्दानी खर्च सार्वजनिक संगै चौथो ज्योतिपुञ्ज कप सञ्चालन एवं किसानबारी खेलमैदान स्तरोन्नतिको विषयमा छलफल गरेको छ । शनिबार सरोकारवालाहरुको उपस्थितमा बृहत आमभेला गरी छलफल गरेको हो ।
क्लवका अध्यक्ष सुन्दर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । बृहत भेलालाई सम्बोधन गर्नुहुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ज्योतिपुञ्ज कप रामपुर नगरको पहिचानको रुपमा स्थापित भएको भन्दै नगरको पहिचान संगै पर्यटन प्रवद्ध्र्रनमा महत्वपूर्ण टेवा दिएको बताउनुभयो । स्थानियको सक्रियतालाई मध्यनजर गर्दै किसानबारी खेल मैैदानलाई फुटबलको हवको रुपमा विकास गर्न नगर गौरवको आयोजनामा राखेको बताउनुभयो । नगरपालिकाले खेलमैदान स्तरोन्नतिको लागि गत वर्ष ५० लाख र यस वर्ष एक करोड ७५ लाख विनयोजन गरेको जानकारी दिनुभयो । क्लवले खेलकुद संगै सामाजिक कार्यमा महत्वपूर्ण टेवा दिएको स्मरण गराउनु भयो ।
उहाँले खेलमैदान स्तरोन्नतिको लागि स्थानीयको साथ संगै आयोजना कार्यान्वयनको क्रममा निगरानी महत्वपूर्ण हुने बताउनुभयो । थापाले रामपुर नगरपालिकाले खेल क्षेत्रका उत्थानका लागि पूर्वाधार निर्माण संगै बालबालिकालाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले ज्योतिपुञ्ज कपलाई सबैको साथ र समन्वयमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । खेल मैदान स्तरोन्नति कार्य समय मै सम्पन्न गर्नका लागि चौथो ज्योति पुञ्ज कप समय सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका ७ का वडा अध्यक्ष दोवराज तिवारीले किसानबारी खेल मैदान स्तरोन्नतिका लागि सबैको सकारात्मक साथ रहेको बताउँदै योजना कार्यान्वयनको क्रममा वडाले सरोकारवालाहरु संग समन्वय गर्दै आएको बताउनुभयो ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर क्षेत्री (पुरुषोत्तम)ले खेलकुदको माध्यम बाट रामपुरको पहिचानमा ज्योतिपुञ्ज कपले दिएको योगदानको प्रसंशा गर्दै निरन्तरताको लागि उद्योग वाणिज्य समन्वय गर्न तयार रहेको बताउनुभयो । व्यवसायिक प्रतिष्ठान, व्यवसायी, शुभेच्छुक संग समन्वय गर्दै ज्योतिपुञ्ज कपको दिगो सञ्चालनका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा क्लवका सल्लाहाकार हजुल दिन मियाँ, लेखनाथ शर्मा मरासिनी, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष खेमराज गौतम, रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेत, खेलाडी केशव श्रेष्ठ, प्रेम प्रकाश श्रेष्ठ, व्यवसायी रमेश आचार्य, देवेन्द्र प्रसाद पोखरेल, लुकनाथ घिमिरे, मित्रलाल गौतम, पत्रकार बासुदेव ढकाल लगाएतले आफ्नो सुझाव सहितको धारणा राख्नु भएको थियो ।
ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै तेस्रो संस्करणको प्रतियोगिता जेन्जी आन्दोलनका कारण निर्धारित समय भन्दा पछि भएकाले खर्च बढेको बताउँनुभयो । उहाँले प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्नुहुने निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद दिदै चौथो संस्करणलाई सबैको सुझाव र सल्लाह लिएर थप व्यवस्थित रुपमा सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं आर्थिक समितिका संयोजक सुदिप गौतमले खर्चको विवरण सार्वजनिक गर्नु भएको थियो । क्लवले प्रतियोगिता सञ्चालन बाट ४२ लाख ८६ हजार १९३ रुपैयाँ आम्दानी गरेकोमा ४० लाख १२ हजार ९४६ रुपैयाँ खर्च भएको बताउनुभयो । उहाँका अनुसार क्लवले प्रयोगिता सञ्चालनको क्रममा प्रयोजक तथा सहयोगी दाताहरु बाट २८ लाख ८ हजार ५८ रुपैयाँ, टिकट विक्री बाट ८ लाख ५५ हजार ५५०, रामपुर नगरपालिका बाट ३ लाख ४१ हजार ३० रुपैयाँ, लुम्बिनी प्रदेश खेलकुद परिषद् बाट एक लाख, चापाकोट नगरपालिका बाट ४२ हजार ५ सय र ४ नं. वडा कार्यालय बाट १० हजार प्राप्त गरेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सल्लाहाकार कृष्ण पौडेलले गर्नु भएको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, रामपुर उद्योग वाणिज्य संघ तथा रामपुर नगर भित्रका विभिन्न संघ, संस्थाका पदाधिकारी, क्लवका पदाधिकारी, सल्लाहाकार तथा सदस्यहरुको. सहभागीता रहेको थियो ।


© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend