भदौ ९ ।
पाल्पा, रामपुर नगरपालिकाले भदौ १० गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।रामपुर नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले मुस्लिम धर्मका संस्थापक एवं प्रवर्द्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे ओसल्लमको १५०१औँ जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाले आज सूचना जारी गर्दै नगरपालिका मातहतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा हुने जानकारी गराएको छ । नगर प्रमुख रमण बहादुर थापाले सूचनामा जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नु भएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend