मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३

चापाकोटमा सातौं कालीगण्डकी गोल्ड कप हुने



भदौ ७ ।
चापाकोट, द राइजिङ ग्रुप चापाकोटको आयोजनामा सातौं कालीगण्डकी गोल्ड कप–२०८३  हुने भएको छ ।  आगामी कात्तिक १३ गतेदेखि १८ गतेसम्म गङ्गालाल माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने भएको हो ।



प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ३ लाख, १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । शनिबार बसेको भेलाले प्रतियोगिताको खेल संयोजकमा धिरज खाँणलाई जिम्मेवारी दिने निर्णय गरेको छ । साथै, खेलाडीहरूलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षकको व्यवस्था गरी प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन देश तथा विदेशमा रहेका सबैलाई सहयोगका लागि आग्रह गर्दै द राइजिङ ग्रुप चापाकोटका अध्यक्ष लालबहादुर घर्तीले खेलकुदसँगै युवाको क्षमता विकास र सामाजिक एकतामा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend