शुक्रबार, भाद्र १९ २०८३

शुक्रबार, भाद्र १९ २०८३

खोलाले बगाउँदा पाल्पामा दुई युवाको मृत्यु



भदौ १७ ।
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–७ जोगिदमार बस्ने ३२ वर्षीय बिपिन पोख्रेल र सोही स्थानका २३ वर्षीय प्रविन पुनको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रहरीका अनुसार उनीहरू भदौ १५ गते साँझ करिब ६ बजे मोटरसाइकलमा रैनादेवी छहरा–८ सत्यवतीतर्फ गएका थिए । घर नफर्किएपछि आफन्तले खोजी गर्दै जाँदा भदौ १७ गते बिहान प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि प्रहरी चौकी बेलबासबाट प्रहरी सहायक निरीक्षकसहितको टोलीले खोजी गर्ने क्रममा उनीहरू सवार मोटरसाइकल रैनादेवी छहरा गाउँपालिका–७ डुम्रेबासस्थित सडकबाट करिब पाँच फिट तल ठाडोखोलामा फेला परेको थियो । खोजी गर्दै जाँदा दुवै जनाको शव खोलाले बगाएर रुपन्देहीको सैनामैना नगरपालिका–१० मौवाधारीस्थित कञ्चन खोलामा पुर्‍याएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएर मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देही पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend