भदौ १८ ।
पाल्पा, रामतुलसी माध्यमिक विद्यालयले भोटेकोशी बाढी प्रभावित नागरिकहरुका लागि ६ लाख २७ हजार सहयोग गरेको छ । जिल्ला कै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु मार्फत रकम संकलन गरी सहयोग गरेको हो ।
विद्यालयले बाढी प्रभावित नागरिकहरुका लागि सहयोगको अपिल गरेको थियो । जस मध्ये विद्यार्थी बाट स्वतः स्फूर्त संकलन भएको एक लाख ६६ हजार ७१० रुपैयाँ र विद्यालयको आन्तरिक स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीहरु बाट संकलन भएको एक लाख ६४ हजार ४०० गरी तीन लाख ३१ हजार ११० रुपियाँ बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।
सरकारी स्रोतका शिक्षक तथा कर्मचारी बाट राहत रकम सरकारले निर्धारण गरेको मापदण्ड अनुसार दुई लाख ९६ हजार २५० रुपियाँ भन्दा बढी तलब बाट कोषमा जाने उहाँले जानकारी दिनुभयो । जस अनुसार रामतुलसी मावि बाट ६ लाख २७ हजार ३६० रुपियाँ बढी रकम कोषमा जम्मा हुने बताउनुभयो । विपद्को समयमा सहयोग गर्नुहुने अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले धन्यवाद दिनु भएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend