बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

रामतुलसी माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत



असोज ४ ।
पाल्पा, रामतुलसी माध्यमिक विद्यालय, रामपुर पाल्पामा आइतबार विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कार्यक्रम आयोजना गरी स्वागत गरेका हुन् ।



न्यू होटल श्रीनगरको सभाहलमा आयोजित कार्यक्रम कक्षा १२ का विद्यार्थी लेसम खाम्चाको अध्यक्षतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठ (अशोक)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीले कक्षा १२ मा जिल्ला मै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा विद्यालयको गरिमा उच्च बनाउन तथा उज्वल भविष्यका लागि लगनशिल भएर अध्ययन गर्न आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले विद्यालयको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै उज्जवल भविष्यको शुभकामना  दिनुभयो ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि मनबहादुर नेपाली, कक्षा ११ र १२ का संयोजक शिक्षक भरत घिमिरे, शिक्षक छविलाल न्यौपाने र सम्झना घिमिरेले शुभकामना मन्तव्य राखेका थिए। कक्षा ११ का विद्यार्थी शम्भु आचार्य र सुनिता लम्सालले धन्यवाद ज्ञापन गरेका थिए। कक्षा १२ की विद्यार्थी सचिना रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन कक्षा १२ का विद्यार्थी मल्लिका सोती र दिपेश घिमिरेले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै, एनसीसीमा आबद्ध विद्यार्थीहरूले समेत विशेष प्रस्तुति प्रस्तुत गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend