मंगलबार, असोज १३ २०८३

मंगलबार, असोज १३ २०८३

चापाकोट नगर उपप्रमुख राना द्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा



असोज १० ।
स्याङ्जा, नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा स्याङ्जा क्षेत्र नं २ बाट चापाकोट नगरपालिकाका उपप्रमुख ईशा रानाले उम्मेदवारी घोषणा गर्नु भएको छ । रानाले ३५ वर्ष मुनिको युवा महिलाको तर्फ बाट उम्मेदवारी घोषणा गर्नु भएको हो ।



२०५२ सालमा तनहुँमा जन्मिनु भएको उहाँ सानै उमेर देखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्य निर्वाचित हुँदै नगर कार्यपालिका सदस्यको जिम्मेवारीसमेत सम्हाल्नु भएको राना २०७९ सालको स्थानीय तह निर्वाचनमा २६ वर्षको उमेर मै चापाकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

रानाले युवा पुस्ताको सहभागिता, नेतृत्व विकास र पार्टी संगठनमा नयाँ पुस्ताको भूमिकालाई प्राथमिकतामा राख्दै महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनु भएको छ । युवा पुस्ता र महिलाको अर्थपूर्ण सहभागितालाई पार्टी संगठनमा स्थापित गर्ने लक्ष्य सहित आफू चुनावी मैदानमा आएको रानाले बताउनुभयो ।

राजनीति संगै जनताको सेवा सक्रिय राना स्नातक तहमा अध्ययनरत समेत हुनुहुन्छ ।वडा सदस्यदेखि नगर उपप्रमुखसम्मको जिम्मेवारी सम्हालिसक्नु भएका रानाले अब पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो राजनीतिक यात्रालाई अगाडि बढाउन उम्मेदवारी दिनु भएको हो ।स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।

उहाँले युवा तथा महिला नेतृत्वको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा भारी मतका साथ विजयी गराउन अनुरोध गर्नु भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend