शुक्रबार, मंसिर १२ २०८३

शुक्रबार, मंसिर १२ २०८३

पल शाहसहितका कलाकारहरुको उपस्थितिमा रामपुरमा सांगीतिक कार्यक्रम हुँदै



मंसिर १० ।
पाल्पा, चलचित्र अभिनेता पल शाहसहित चर्चित कलाकारहरूको उपस्थितिमा पाल्पाको रामपुरमा सांगीतिक प्रस्तुति हुने भएको छ । रामपुर नगरपालिका–५, मटेरीस्थित होटल न्यू श्रीनगर प्रा.लि.मा विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो ।



कार्यक्रममा चलचित्र अभिनेता पल शाह, लोकप्रिय गायक हेमन्त शर्मा, लोकदोहोरी गायक पुस्कल शर्मा, चर्चित मोडल तथा डान्सर नारायणी खत्री र बाल कलाकार शान अधिकारी सहितको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक नविन थापा मगरले जानकारी दिनुभयो । कार्यक्रममा कलाकार सन्तोष पुलामीको समेत प्रस्तुति रहने छ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी दिदै थापाले रामपुर नगरको पर्यटन प्रवद्र्धन संगै मनोरञ्जन प्रदानका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमको उद्घोषण शान्ताराम सेनचुरीले गर्नुहुनेछ । कार्यक्रममा सहभागीताको लागि टिकटको व्यवस्था गरिएको छ । प्रवेश शुल्क ३५० र विद्यार्थीको लागि २५० निर्धारण गरिएको छ । कार्यक्रम बाट संकलन भएको रकम सामाजिक सेवामा खर्च गरिने थापाले बताउनुभयो । रामपुरसहित पाल्पा तथा छिमेकी जिल्लाका दर्शकलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको होटल न्यू श्रीनगर प्रा.लि.का सञ्चालक महेन्द्र श्रेष्ठले बताउनुभयो । होटल न्यू श्रीनगर प्रा.लि.को आयोजनामा हुन गैरहेका कार्यक्रम कलाकारहरूको गीत, संगीत तथा मनोरञ्जनात्मक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend