शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

शहीद बहुमुखि क्याम्पसमा चलिरहेको महायज्ञमा २ दिनमा ६९ लाख बढी दान संकलन



पाल्पा , शहीद बहुमुखि क्याम्पस रामपुर ७ किसानबारी पाल्पामा धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ चलिरहेको छ ।



महायज्ञको दोस्रो दिन बुधवार १६ लाख ९ हजार ४ सय ८१ रुपैयाँ दान संकलन भएको छ । जस अन्तर्गत नगद ६ लाख ९ हजार ४ सय ८१ रुपेयाँ र १० लाख रुपैयाँ बराबरको जग्गा दान प्राप्त भएको छ । महायज्ञमा रामपुर नगरपालिका ७ डुम्रीगाउँ निवासी मोहन भट्टराईले सबै भन्दा बढी दान गर्नु भएको छ । उहाँले १० लाख १ हजार ५ सय ५५ रुपेयाँ दान गर्नु भएको छ ।

यस्तै रामपुर ५ वेझाँड निवसी तुल बहादुर थापा र विष्णु कुमारी थापाले नगद १ लाख १ हजार ५ सय ५५ रुपैयाँ दान गर्नु भएको छ ।यस्तै दरैठाँटी माध्यमिक विद्यालयले ७३ हजार ७ सय ६१ रुपैयाँ महायज्ञमा दान गरेको छ । यसैगरी रामपुर ८ पाल्पा निवासी कृष्ण प्रसाद घिमिरेले ५५ हजार ५ सय ५५,रामपुर ५ वेझाँड निवासी ज्ञानेन्द्र प्रसाद गैरेले ५५ हजार १ सय ११ ,विरुवा गाउँपालिका ६ चिन्नेवास निवासी बुद्धिमाया लम्सालले ५१ हजार ५सय १० रुपैयाँ दान गर्नु भएको छ ।

महायज्ञको पहिलो दिन मंगलबार रामपुर नगरपालिकाको ५१ लाख ५१ हजार ५ सय ५१ र नगद २ लाख १६ हजार ८ सय ५२ नगद गरी ५३ लाख ६८ हजार ४ सय ३ रुपैयाँ दान संकलन भएको थियो । दोस्रो दिन सम्म महायज्ञबाट ६९ लाख ७७ हजार ८ सय ८४ रुपैयाँ बराबरको दान संकलन भएको छ । यस्तै महायज्ञमा १सय ७५ मुरी धान संकलन भएको धान संकलन संयोजक ऋषिराम रेग्मीले जानकारी दिनुभयो ।

शहीद क्याम्पसको चाहना संकाय थप सिपमूलक शिक्षा र छात्राबासको स्थापना भन्ने नाराका साथ सञ्चालन भएको महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन भई रहेको छ ।महायज्ञमा तुला दान,लाखबत्ति प्रज्वलन लगाएतका विभिन्न कार्यक्रम भई रहेको छ । महायज्ञ यही पौष २३गते सम्म सञ्चालन हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend