शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

केयर गिभर सम्बन्धी ६५ दिने तालिम रामपुर ६ पाल्पामा शुरु


  • शुक्रबार, फाल्गुन ९ २०८१ , पूर्वाह्न ०६:०६ बजे



पाल्पा , केयर गिभर सम्बन्धी ६५ दिने तालिम रामपुर ६ पाल्पामा बिहिवार देखि शुरु भएको छ । कालीगण्डकी बहुप्राविधिक शिक्षालय घिरिङ तनहुँको आयोजना र रामपुर नगरपालिका ६ नं. वडा कर्यालयको समन्वयमा छोटो अवधिको केयर गिभर तालिम शुरु भएको हो ।

तालिमको एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिका वडा नं.६ का अध्यक्ष दिवाकर देवकोटाले स्वास्थ्य संग सम्बन्धित सिप र व्यवसायको सम्भावना बढ्दो रहेकोले स्वास्थ्य सम्बन्धी सिपको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा स्वरोजगार बन्नका लागि तालिम उपलब्धीमूलक हुने औँल्याउनुभयो । उहाँले पछिल्लो समय नाकारत्मक सोँच र असन्तुलित चाल चलनका कारण मानव स्वास्थ्यमा प्रभाव पारेको भन्दै यस्ता तालिमले मानव स्वास्थ्य उपचारका लागि  दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने बताउनुभयो । अध्यक्ष देवकोटाले तालिमले विषेश गरि बैदेशिक रोजगारमा जाने युवाहरुलाई मद्दत पुग्ने उल्लेख गर्नुभयो । यस्तै कालीगण्डकी बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक रमेश क्षेत्रीले केयर गिभर सम्बन्धी सिप जानेका जनशक्तिको स्वदेश र विदेश दुवै क्षेत्रमा भविष्य रहेको बताउनुभयो ।विगतमा प्रविधि संग सम्बन्धित कार्यक्रम सञ्चालन गरेको भन्दै समाजलाई कसरी स्वास्थ राख्न सकिन्छ भन्ने हेतुले पहिलोपटक शिक्षालयले केयर गिभर तालिम सञ्चालन गरेको बताउनुभयो ।

आधारभूत स्वास्थ्य केन्द्र रामपुर ६ तिलकपुरको सभा हलमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक राम बहादुर नेपालीले तालिमलाई फलदायी बनाउनका लागि राम्रो संग सिप सिक्न आग्रह गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ पाल्पाका सहसचिव दुर्गेश मल्लले वडा कार्यालयले गरेका विभिन्न कार्यक्रमको प्रसंशा गर्दै यो तालिम उत्कृष्ट रहेको बताउनुभयो । यस्तै टोल विकास संस्थाका संयोजक पुरुषोत्तम ढकालले तालिमले युवाहरुलाई स्वरोजगार बनाउने बताउनुभयो । यस्तै कालिगण्डकी बहुप्राविधिक शिक्षालयका प्रशासन प्रमुख हिमाल तामाङले बैदेशिक रोजगारीमा केयर गिभरको काम गर्ने कामदारको माग बढी आएकाले आवश्यकताको आधारमा तालिम सञ्चालन गरेको बताउनुभयो ।

कालिगण्डकी बहुप्राविधिक शिक्षालय घिरिङ तनहुँका कार्यक्रम संयोजक रामेश क्षेत्रीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम रामपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष दिवाकर देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव महेश प्रसाद भट्टराईले गर्नु भएको थियो । ६५ दिन सम्म चल्ने तालिमको सहजिकरण अनमी विन्दु श्रेष्ठ र स्टाफ नर्स अनिता केसी पाण्डेले गर्नु भएको छ । तालिममा २० जना युवाहरुको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend