शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रामतुलसी माविमा होटल म्यानेजमेन्ट विषयको पढाइ हुने



असार ।



पाल्पा, रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरमा चालु शैक्षिक सत्र देखि होटल मेनेजमेन्ट विषयको कक्षा सञ्चालन हुने भएको छ । जिल्ला मै सबै भन्दा धेरै विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तर्गत मेनेजमेन्ट विषयको पढाई हुने भएको हो ।

विद्यालयले आइतबार पत्रकार भेटघाट गरी नयाँ विषयको कक्षा सञ्चालनको तयारीको बारे जानकारी गराएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ (अशोक)ले सामुदायिक विद्यालय तर्फ पाल्पा मै पहिलो पटक रामतुलसीमा होटल मेनेजमेन्टको कक्षा सञ्चालनको तयारी भैरहेको बताउनुभयो । रामपुर मात्र नभै कालीगण्डकी बेसी क्षेत्रको आवश्यतालाई मध्यनजर गर्दै कक्षा १२ सम्म भए पनि कक्षा सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

उद्यममा प्रोत्साहन गर्ने र रोजगार सृजना गर्न तथा यहाँका विद्यार्थीलाई यही विषयको लागि रामपुर बाट बाहिर जानू पर्ने बाध्यताको अन्त्यका लागि यसै शैक्षिक सत्र देखि कक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो । बढ्दो शहरीकरण संगै रामपुरमा स्थापना भएका होटल तथा व्यवसायका लागि दक्ष जनशक्ति तयार गर्ने लक्ष्य रहेको बताउनुभयो । कक्षा सञ्चालनको लागि किचन, रेष्टुरेण्ट तथा बेडरुम सहितको ल्याव निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

विद्यालयमा एसईई सम्मको अध्ययन सकेर अन्यत्र जाने तयारीमा रहेका विद्यार्थी तथा अभिभावकले होटल म्यानेजमेन्ट सम्बन्धि पढ्न चासो दिने गरेकाले यसवर्ष देखि नया विषय थप गर्न लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनुभयो । यस क्षेत्रको शैक्षिक क्षेत्रमा नया ईट्टा थप्ने योजनाले नया पठनपाठन सुरु गर्न लागिएको बताउनुभयो । सम्बन्धित निकायमा आवश्यक आवश्यक प्रक्रिया पुरा गरेर विषय थप गर्न लागिएको बताउनुभयो । ३० देखि ४० जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने तयारी रहेको लम्सालले बताउनुभयो ।

आवश्यक परेमा विद्यालयले सिटीईभिटी संगको समन्वय गरेर डिप्लोमा सम्मको कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । यस विद्यालयमा हाल करिव २७ सय बढि विद्यार्थी अध्ययनरत छन् ।विद्यालयमा विज्ञान, शिक्षा र व्यवस्थापन संकायमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । साथै तीन वर्षे कृषिवाली विज्ञानको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend