शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला रिसोर्टमा १५ प्रतिशत छुट



असार ९ ।
काठमाडौं, ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अब आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एण्ड रिसोर्ट प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।



सम्झौतामा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गर्नु भएको छ । सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरू र ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत छुट र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

आइएमई समूहले देशका विभिन्न स्थानहरूमा पर्यटक तथा पाहुनाहरूलाई लक्ष्यित गरी स्तरीय सेवा सुविधासहितका होटल तथा रिसोर्टहरू सञ्चालन गर्दै आएको छ। काठमाडौंको होटल ले हिमालय लाजिम्पाट, साके एण्ड फेङ्ग रेस्टुरेन्ट, बागलुङको इला कम्फर्ट, गैंडाकोटको इला होटल एण्ड रिसोर्ट, र पोखराको लेकसाइट रिट्रीट मुख्य गन्तव्यहरू हुन् ।

ग्राहक सेवा सुदृढ बनाउने उद्देश्यले बैंकले समयसापेक्ष योजनाहरू ल्याउँदै आएको छ । ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको उपाधि समेत प्राप्त गरेको छ। हाल बैंकको सेवा सञ्जाल मुलुकभरका ७७ वटै जिल्लामा फैलिएको छ, जसमा ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, र ३ वटा विदेशी प्रतिनिधि कार्यालयहरू रहेका छन्।

बैंकले स्वदेशमा बैंकिङ सेवा उपलब्ध गराउनुका साथै संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, साउदी अरब लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend