असार १३ ।
काठमाडौं, माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्ममा सार्वजनिक हुने भएको छ । बोर्डले गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामाको नतिजा सार्वजनिक गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ । बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो । यस वर्ष एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । नतिजा विभिन्न माध्यम बाट हेर्न सकिने बोर्डले जनाएको छ ।
एसईई नतिजा एसएमएस र निम्न अनुसारका साइतमा गएर पनि हेर्न सकिन्छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend