शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

पाल्पा भलिबल संघ क्लव स्तरीय भलिबल प्रतियोगिताको शिर्ष स्थानमा



मंसिर १८ ।
पाल्पा, रामपुरमा भैरहेको क्लव स्तरीय आमन्त्रित भलिबल प्रतियोगितामा पाल्पा जिल्ला भलिबल संघले लिग चरणमा शिर्ष स्थान कायम राख्न सफल भएको छ । दोस्रो भम्बक युनाईटेड कप अन्तर्गतको लिग चरणका सम्पूर्ण खेलमा जित निकाल्दै शिर्ष स्थानमा पुग्न सफल भएको हो ।



लिग चरणको आठौं खेलमा संघले विहिबार ठकुरी समाज शुक्लाण्डकी तनहुँलाई ३–२ सेटले पराजित गरेको थियो । पहिलो र दोस्रो सेट ठकुरी समाजले २५–१३ र २५–१४ अंक सहित हात पारेको थियो । अन्तत पाल्पाले तेस्रो, चौथो र पाँचौं सेट २५–२१, २७–२५ र १५–०९ अंक सहित हात पार्दै प्रतियोगितामा अपाराजित यात्रालाई कायम राख्न सफल भएको हो । लिग चरणको खेलमा प्रतियोगिताको सहभागी टिमहरु न्यू होराईजन स्पोट्स क्लव रुपन्देही, एनवाईसी नरेठाँटी गल्कोट र आयोजक भम्बक युनाईटेड क्लव पाल्पा भलिबल संघले यसअघि लाई पराजित गरिसकेको थियो ।

रामपुर नगरपालिका ५ भम्बकमा जारी प्रतियोगितामा विहिबार लिग चरणको चार खेलहरु भएको थियो । लिग चरणको छैठौं खेल ठकुरी समाज शुक्लागण्डकी तनहुँ र आयोजक भम्बक युनाईटेड विच भएको थियो । खेलमा ठकुरी समाजले ३–२ सेटको जित निकालेको छ । पहिलो सेट २५–२३, तेस्रो सेट २५–१३ र पाँचौ सेट १५–९ अंक सहित ठकुरी समाजले हात पारेको थियो । भम्बक युनाईटेडले दोस्रो सेट २५–२१ र चौथो सेट २५–१९ अंक सहित हात पारेको हो । सातौं खेल एनवाईसी नरेठाँटी गल्कोट बागलुङ र न्यू होराईजन स्पोर्टस् क्लव रुपन्देही विच भएको थियो ।
एनवाईसीले सोझो सेटमा न्यू होराईजनलाई पराजित गरेको छ । पहिलो, दोस्रो र तेस्रो सेट २५–१६, ३३–३१ र २५–२१ अंक सहित हात पार्दै सोझो सेटमा जित निकालेको हो । लिग चरणको नवौं खेल एनवाईसी नरेठाँटी बाग्लुङ र आयोजक भम्बक युनाईटेड विच भएको थियो । खेलमा पहिलो, दोस्रो र तेस्रो सेट  २७–२५, २५–२२ र २५–२१ अंक सहित हात पार्दै एनवाईसीले जित निकाल्न सफल भएको हो । लिग चरणको अन्तिम खेल शुक्रबार विहान आठ बजे एनवाईसी नरेठाँटी गल्कोट र भम्बक युनाईटेड विच हुनेछ ।

लिग चरणको खेल सकिए पश्चात पहिलो सेमिफाईनलका खेल विहान ११ बजे र दोस्रो सेमिफाईनल खेल दिउँसो १ बजे देखि हुने खेल संयोजक अनुप मल्लले जानकारी दिनुभयो । भम्बक युनाईटेड युथ क्लवको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सुरु भएको प्रतियोगिताको फाईनल खेल शनिबार हुनेछ ।

भम्बक युनाईटेड युथ क्लवको ११ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमश नगद दुई लाख, एक लाख, ५० हजार र ३० हजार रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । युवाहरुलाई खेलकुद प्रति उत्प्रेरणा जगाउनुका साथै राष्ट्रिय खेल भलिबलको उत्थान तथा नयाँ खेलाडी उत्पादनमा टेवा दिन दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरिएको भम्बक युनाईटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले बताउनुभयो । भम्बक खेल मैदानमा जारी प्रतियोगितामा  प्रतियोगितामा पाँच वटा क्लवहरुको सहभागीता रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend