बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

तानसेन–८, भालेबासमा फोर्स जिप दुर्घटना हुँदा ६ जना घाईते



असोज ४ ।
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–८, भालेबासमा फोर्स जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो करिब ३ः३० बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे.१ ज. ९७६ नम्बरको फोर्स जिप अनियन्त्रित भई दुर्घटना भएको हो । घाइते हुनेहरुमा चालक पूर्वखोला गाउँपालिका–१ का २९ वर्षीय  नरबहादुर राना, पूवखोला गाउँपालिका–१ का ५० वर्षीय कृष्ण बहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन ४ भगवतीटोल बस्ने २८ वर्षीय मनकुमारी सारु, उहाँको छोरी ७ वर्षीय साहिरस सारु, पुर्वखोला–४ का  ६३ वर्षीय अनसरा खाम्चा र उहाँको नातिनी ५ वर्षीय सायरा खाम्चा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
घाइते मध्ये अनसरा खाम्चाको अवस्था गम्भिर रहेको छ । साथै अन्य पाँच जना मध्ये एक जनाको अवस्था सामान्य र चार जनाको अवस्था मध्यम  रहेको छ । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाईएको छ । घाइतेको उद्धारका लागि प्रहरी चौकी प्रभास बाट प्रहरी सहायक निरीक्षक, जिल्ला प्रहरी कार्यालय पाल्पा बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको थियो । फोर्स गाडी आफै अनियन्त्रीत भई बाटोबाट अन्दाजी २० मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend