असोज ११ ।
पाल्पा, पाल्पाको माथागढी गाउँपालिका-३ भैंकट्टामा पहिरोले घर पुरिँदा दुई किशोरीसहित एक पुरूष बेपत्ता भएका छन् । स्थानीय लीलबहादुर घर्ती मगरको घरमा पहिरो पस्दा उहाँ सहित तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा लीलबहादुर, उहाँकी १७ वर्षीय छोरी दिना घर्ती मगर र छिमेकी मातीलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती मगर बेपत्ता हुनुभएको वडाध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिनुभयो । आइतबार बिहान सवा ५ बजेतिर घरमाथिबाट पहिरो खसेको थियो ।
अहिले सो स्थानमा उद्धार कार्य भैरहेको छ । यस्तै माथागढी–२ रजौलीका एक जना पुरूषलाई पहिरोले पुरेको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend