तानसेन-८, जरेपिपलमा रुख ढलेर च्याप्दा एकको युवकको मृत्यु

पाल्पा, तानसेन नगरपालिका-८, जरेपिपलमा रुख ढलेर च्याप्दा एक युवकको मृत्यु भएको छ । शनिबार अपरान्ह वर्षा संगै आएको हावा हुरीले रुख ढलेर च्याप्दा तानसेन–५ कैलाशनगरका १९ वर्षीय भुवन दर्लामीको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड भएर तानसेन बाट बुटवल जाने क्रमा अविरल वर्षा बाट ओत लाग्ने क्रममा सडक माथिका रुख ढली लु ८१ प ११३६ नम्बरको स्कुटर च्यापिन जाँदा चालक तानसेन नगरपालिका– २ बडिज्ञानटोल बस्ने बर्ष २० को प्रथम शाही र सोही स्कुटरको पछाडी सवार तानसेन– ५ कैलाशनगर बस्ने बर्ष १९ को भुवन दर्लामी घाईते हुनु भएको थियो । स्कुटी रोकी ओत लाग्ने क्रममा एक्कासी सल्लाको रुख ढलेर दर्लामीलाई च्यापेको स्थानीय दिनेश घिमिरेले बताउनुभयो ।

घाईते दुवै जनालाई उद्दार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको थियो । गम्भीर घाईते दर्लामीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ६७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?