साउन २५ ।
पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका-४, चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।माथागढी गाउँपालिका-५ बंसिङ डाँडा बाट बुटवलतर्फ जाँदै गरेको लु.१ ज २२३७ नम्बरको मुस्ताङ जिप झुम्सा–सत्यवती-धसमिघा सडकखण्डमा दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएको प्रहरीले जनाएको छ ।
सोमबार विहान ७ बजे भएको दुर्घटनामा तिनाउ–३, सत्यवतीका ३६ वर्षीय खमबहादुर दिसुवा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ बस्ने तारा रेश्मीको १० वर्षीय छोरा सन्तोष रेश्मी, तिनाउ–३, सत्यवतीका ५१ वर्षीय नरसिंह दिसुवा, सोही स्थानकी ३६ वर्षीया शर्मिला दिसुवा, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ का ३६ वर्षीय दुर्गा थापा, उहाँको चार वर्षीय छोरा डेनिस थापा, माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा, बुटवल उपमहानगरपालिका–१८ की ३६ वर्षीया सपना राना, जिप चालक माथागढी गाउँपालिका–५ का ३९ वर्षीय देवकुमार घर्ती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का भुवनसिंह रेश्मी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
घाइतेमध्ये चार वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । जिप दुर्घटना भै सडक बाट ११० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend