शनिबार, कार्तिक २२ २०८३

शनिबार, कार्तिक २२ २०८३

रामपुर अंग्रेजी आवासीयमा तिहार विशेष कार्यक्रम सम्पन्न


  • शुक्रबार, कार्तिक २१ २०८३ , अपराह्न ०९:१४ बजे

कात्तिक २० ।
पाल्पा, रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।



प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक तहका विद्यार्थीहरूले छवटा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयको स्काउट ट्रुपले विशेष आकर्षणका रूपमा पिरामिड शो प्रदर्शन गरेको थियो । कार्यक्रम विद्यालयका प्रबन्ध निर्देशक सूर्यप्रसाद घिमिरेको अध्यक्षतमा भएको थियो । घिमिरेले तिहार पर्वको महत्व र औचित्यमाथि प्रकाश पार्दै दीपावली, छठ तथा नेपाल संवत्‌को शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यायका सहप्रधानाध्यापक खुम सारु थापा, विद्यालयका शिक्षक देवी गुरुङ, सलम विश्वकर्मा, कक्षा ११ का विद्यार्थी तथा रामपुर नगरपालिका बाल सञ्जालका अध्यक्ष शारदा प्रसाद श्रेष्ठ, ११ मा अध्ययनरत ऋति अधिकारी र कक्षा १२ का समीर सारूले तिहारसँगै आउँदै गरेका छठ, दीपावली तथा नेपाल संवत्‌का अवसरमा शुभकामना व्यक्त गरेका थिए । विद्यालयका शिक्षक तीर्थाकुमारी सिग्देलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक निमा अधिकारीले  गर्नु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend