ज्ञान बहादुर सोतीको ‘शंका’ (भिडियो सहित)


पाल्पा (रामपुर) लोकदोहोरी गायक ज्ञान बहादुर सोतीले शंका बोलको गित सार्वजनिक भएको छ । लघुवित्तमा कार्यरत प्रेमीहरुको बाध्यतालाई शब्दमा बुनेर केही समय अघि सम्बन्ध बोलको गीत बजारमा ल्याएका सोतीले गितको सफलता संगै सम्बन्ध भाग दुई नाम दिएर शंका एल्बम ल्याउनु भएकाे हाे ।

नेपाल एग्रो लघुवित्त रामपुर शाखाको शाखा प्रबन्धक समेत रहेका सोतीले यस पटक बैंकमा कार्यरत रहेका प्रेमीहरुको कथालाई बुनेर गित निकाल्नु भएकाे हाे। उहाँको गित लोक दोहोरी गायिका देवि घर्ती मगरको युट्युव च्यानल मार्फत गित बजारमा ल्याउनु भएकाे छ ।  गितमा पुरुष आवाज ज्ञान बहादुर सोती र महिला आवाज देवी घर्ती मगरले दिनु भएकाे छ ।  गितको शब्द तथा लय ज्ञान बहादुर सोती कै रहेको छ । संगित विनोद बाजुराली, रेकर्डिङ्ग मालश्री स्टुडियो, अडियो भिडियो आशया डिजिटलको रहेको छ । भिडियोमा अभिनय सुमन थापा मगर र रिना थापा मगरले गर्नु भएकाे छ ।  भिडियो निर्देशन स्मृति तिमिल्सिना, छायाङ्कन सुरेश श्रेष्ठ, सम्पादन प्रकाश धमलाले गर्नु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?