असोज १८ ।
पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकल चालक गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटा बस्ने ४७ वर्षीय नवराज पन्थ घाइते हुनु भएको थियो ।
दुर्घटनाको जानकारी प्राप्त भए संगै प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइते पन्थको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देही पठाएको थियो। उपचारका क्रममा दिउँसो २ः५३ बजे पन्थको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
मोटरसाइकल अन्दाजी दिउँसो १:३० बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल तिनाउ खोलामा खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
© 2026 All right reserved to katuwalkhabar.com | Site By : SobizTrend