बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३

वडा स्तरीय पुरुष भलिबलको उपाधि हरिनास–६  स्याङ्जालाई



असोज १९ ।
पाल्पा, निस्दी गाउँपालिका–२, आनन्दी भञ्ज्याङ्गमा सम्पन्न वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६, स्याङ्जाले जित्न सफल भएको छ । उपाधिका लागि भएको फाइनल खेलमा बौदीकाली–४, नवलपुरलाई २/१ सेटले हराउँदै हरिनासले उपाधी जितेको हो ।



मुना एण्ड लेकाली परिवार निस्दी गाउँपालिका–२, पाल्पाले श्राद्धपूर्णिमाको अवसरमा आयोजना गरेको भञ्ज्याङ्ग सांगितिक मेला–२०८३ अन्तर्गत प्रतियोगिताको आयोजना गरेको थियो । भोटेकोकोशी बाढी पीडित सहयोगार्थ आयोजना गरिएको मेला वर्षादका कारण निर्धारित समयमा हुन नसकेपछि गत असोज १५ देखि सुरु गरिएको थियो । प्रतियोगिताको फाइनल खेलमा पहिलो र तेस्रो सेट हरिनास ६ ले २५–१५ र २५–१५ अंक सहित हात पारेको थियो । दोस्रो सेट बौदीकालीले १९–२५ अंक सहित जितेको थियो ।
यस संगै बौदीकाली–४ द्वितीय स्थानमा सिमित बनेको छ । प्रतियोगितामा तृतीय स्थान बौदीकाली –२ ले हात पारेको छ । तृतीय स्थान छनौटको लागि भएको खेलमा बौदीकाली गाउँपालिका–२ ले रामपुर नगरपालिका–१०लाई २५–१५ र २६–२४ अंक सहित सोझो सेटमा जितेको छ । १२ समूहको सहभागीता रहेको प्रतियोगिताको विजेताले ५० हजार, द्वितीय हुनेले ३० हजार र तृतीय हुनेले १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

कार्यक्रममा खुल्ला महिला भलिबल प्रतियोगिता समेत भएको थियो । प्रतियोगितामा प्यासिफिक एकेडेमी घिरिङ् गाउँपालिका–१ तनहुँले उपाधी जितेको छ । सहलकोट खेलकुद विकास समिति निस्दी–२ लाई ३/० को सोझो सेटमा हराउँदै प्यासिफिक एकेडेमीले उपाधी चुमेको हो । निस्दी–२ द्वितीय भएको छ । तृतीय स्थान छनौटका लागि भएको प्रतियोगितामा निस्दी–१ बाकामलाङ्लाई सोझो सेटमा हराउँदै रामपुर १ ले तृतीय स्थान सुनिश्चित गरेको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताको विजेताहरुलाई निस्दी गाउँपालिका २ का वडा सदस्य भुम बहादुर रानाले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य राना संगै बालहित माविका प्रधानाध्यापक नवल सिं विरकट्टा, पूर्व अध्यक्ष नरराम राना, राधाकृष्ण माविका सहायक प्रधानाध्यापक हुम बहादुर राना र समाजसेवी मिन बहादुर खाँणले शुभकामना मन्तव्य राख्नु भएको थियो । भञ्ज्याङ्ग सांगितिक मेला–२०८३ अन्तर्गत पूर्वनिधारित तीजगित प्रतियोगिता संगै साहारा कला केन्द्रको प्रस्तुति रहेको थियो । साथै स्थानीय संगै कलाकारहरु राधु बयम्बु, लोकमायाँ बयम्बु लगाएतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

मुना एण्ड लेकाली परिवारका अध्यक्ष पुस्कल रानाको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम संयोजक उमेश कुमार गाहाको स्वागत र खुम बहादुर रानाको सञ्चालनमा भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार

© 2026 All right reserved to katuwalkhabar.com  | Site By : SobizTrend